Skip to main content
Body

5th Technical Assistance Committee Meeting (hybrid mode) Minute

Meeting Date: 13 April 2026

Meeting Chaired by: Mr. Dilaram Panthi, Joint Secretary, MoFAGA and National Programme Director, PLGSP

Meeting Co- chaired by: UNDP Nepal

Meeting Convener: Mr. Tirtha Prakash Poudel, Under Secretary, MoFAGA and National Programme Manager, PLGSP

Participation:

In-person (Annex IV): Provincial Programme Directors (Gandaki, Koshi, Lumbini, Madhesh, Sudurpashchim provinces), Representative from Local Government Association, Programme Coordination Unit (PCU) team, Portfolio Analyst, Federalism, UNDP

Through email (Annex I): Development Partners, UNDP

Agenda:

1. Introductory Remarks- Mr. Dilaram Panthi, Joint Secretary, MoFAGA and NPD, PLGSP

2. Presentation on the budget deviations in TTA budget

3. Discussion

4. Decisions

Display at Home Page
On
Document Cover Image
5th TAC signed Minute Cover (13 April 2026)
Provice

Smart Governance Unleashed: Bhaktapur’s Digital Shift

Smart Governance Unleashed: Bhakt

Body

स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको रुपान्तरणकारी नेतृत्व निर्माण

प्रशिक्षण मार्गदर्शन २०८१


पाक्कथन

महिला तथा सीमान्तकृत समुदायका जनप्रतिनिधिको रूपान्तरणकारी नेतृत्व निर्माणसम्बन्धी यो प्रशिक्षण मार्गदर्शन प्रकाशन गर्न पाउँदा म निकै उत्साहित छु । प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको हैसियतले जनप्रतिनिधिहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्ने विषयमा सहयोग गर्न पाउनु मेरो लागि सन्तोषको विषय हो।

यस मार्गदर्शनले लक्षित समुदायको नेतृत्व कौशल र ज्ञान विस्तार गर्न चाहने व्यक्तिहरूको लागि एक महत्त्वपूर्ण मार्गदर्शनको रूपमा कार्य गर्ने विश्वास लिएको छु। नेतृत्व ओहदामा मात्र सीमित नभई क्रमशः विकास र विस्तार गर्न सकिने एक मानवीय गुण समेत हो । यस मार्गदर्शनले यही मानवीय गुणलाई प्रवर्द्धन गर्दै महिला र सीमान्तकृत व्यक्तिहरूलाई सशक्तीकरण गर्न, उनीहरूको नेतृत्व क्षमता विकास गर्न र कर्णाली प्रदेशमा प्रखर तथा जनमुखी नेतृत्वको विकास गर्न अर्थपूर्ण भूमिका निर्वाह गर्न मद्दत गर्ने विश्वास गरेको छु । प्रशिक्षण मार्गदर्शनहरू, प्रशिक्षण सामग्रीहरू, थप अध्ययनका लागि सामग्रीहरूसहितका प्रशस्त अध्ययन सामग्रीहरू समेटिएको यस पुस्तकले लक्षित उद्देश्य हासिल गर्न सम्बन्धित सहजकर्ताहरूका लागि एक महत्त्वपूर्ण स्रोत सामग्रीको रूपमा सहयोग गर्ने विश्वास लिएको छु। प्रस्तुत मार्गदर्शनमा नेतृत्वदायी पदमा रहेका जनप्रतिनिधिका लागि प्रशिक्षण सामग्रीहरू तथा प्रशिक्षण कार्यक्रमहरू समावेश गरिएकाले यसले नेतृत्वदायी पदमा रहेका जनप्रतिनिधिहरुको क्षमता विकासका लागि आवश्यक वातावरण सिर्जना गर्न र आवश्यक धारणा तथा सोच विकास गर्न प्रेरित गर्ने विश्वास लिएको छु ।

यो प्रशिक्षण मार्गदर्शन पुस्तक तयारीको सोच राख्ने, यसको खाका रेखाङ्कन गर्ने, विषयवस्तुहरू सङ्कलन गर्ने तथा प्रस्तुति गर्ने लगायत विविध क्षेत्रका विविध व्यक्तिहरूको निरन्तर मेहनत र लगावबाट तयार भएको छ। खासगरी, यो मार्गदर्शन तयार गर्न प्रत्यक्ष रुपमा संलग्न भई सहजीकरण गर्नुहुने विज्ञ सहजकर्ताहरू लगायत संलग्न समस्त कर्मचारी एवम् अन्य सहभागीहरुप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु। अन्तमा, यस मार्गदर्शनलाई यस रुपमा ल्याइपुऱ्याउन सहयोग गर्ने संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम, युरोपेली सङ्घ समावेशी सङ्घीयता सहयोग परियोजनालाई सहयोगका लागि विशेष धन्यवाद दिन चाहन्छु ।

- कृष्णप्रसाद खरेल, कार्यकारी निर्देशक


प्रशिक्षण मार्गदर्शन पुस्तकको लिङ्क

Display at Home Page
On
Document Cover Image
स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको रूपान्तरणकारी नेतृत्व निर्माण
Provice
Subscribe to