Skip to main content
Provincial Program Manager
ojhanavraj@gmail.com
Provincial Program Director
tubarajpokhrel2015@gmail.com

प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम पुनरावलोकनको तयारी

Body

१२ जेठ, पोखरा । प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम पुनरावलोकन हुने भएको छ ।

कार्यक्रमको हालसम्मको प्रगति समीक्षा तथा कार्यक्रमको पुनरावलोकन कार्यक्रममा यसबारे छलफल भएको हो । विहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, गण्डकी प्रदेश सरकार र विकास साझेदारहरु बीच अन्तरक्रिया भएको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा आयोजना भएको कार्यक्रममा प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको हालसम्मको प्रगति समीक्षा तथा कार्यक्रमको पुनरावलोकन र पुनसंरचना गर्न सम्बन्धित सरोकारवाला निकायबीच छलफल र पृष्ठपोषण संकलन गरिएको थियो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघियता कार्यान्वयनमा प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमले ठूलो योगदान पुर्याउँदै आइरहेकोले यसलाई आगामी दिनमा आवश्यकता अनुसार कार्यक्रमको बनौट केहि परिवर्तन गरी प्रभावकारी रुपमा निरन्तरता दिनु पर्ने धारणा ब्यक्त गरे । सङ्‌घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले कार्यक्रमको आगामी कार्यदिशामा सकारात्मक सुझावहरु प्राप्त भएको र ती सुझावलाई सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा आयोजक तर्फबाट मन्त्रालयका सहसचिव स्कीम श्रेष्ठले “स्थानीय शासन सहयोग कार्यक्रमको संक्षिप्त प्रगति समिक्षा र संक्रमणकालीन वर्षका लागि कार्यक्रमको पुनसंरचना प्रक्रिया” सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए । मन्तव्यको क्रममा विकास साझेदार निकायका प्रतिनिधिहरु संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका आवासीय प्रतिनिधि आयशानी एम. लाबे र फरेन कमनवेल्थ एण्ड डेभलभमेनट अफिस युकेका सुशासन तथा राजनितिक सेवा र टोलीनेता डा। एन्ड्रयू लङले कार्यक्रमको हालसम्मको प्रगतिको सन्दर्भ संगै आगामी बर्षको भावी कार्यदिशाको लागि यो अन्तरक्रिया महत्वपूर्ण रहेको बताए ।

कार्यक्रमको उदेश्यबारे सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमल प्रसाद भट्टराईले जानकारी गराएका थिए भने कार्यक्रमको सञ्चालन प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम व्यवस्थापक भुपेन्द्र सापकोटाले गरेका थिए ।

 

श्रोत: पालुवा न्यूज डटकम (https://paluwanews.com/2023/05/26/1135.html)

Media Coverage
Body

Local Government Fiduciary Risk Assessment Guideline-2077 (Nepali)

स्थानीय तह वित्तिय सुशासन जोखिम मूल्याङ्कन कार्यविधि- २०७७ (नेपाली)

Display at Home Page
On
Document Cover Image
Cover Page- Local Government Fudiciary Risk Assessment Guideline-2077 (Nepali)
Resource Type
Provice
Subscribe to