Skip to main content

सूचना प्रविधि अधिकृतको करार नवीकरण सम्बन्धमा (आ.व. २०८२/८३)

मितिः २०८२/०४/०६

श्री स्थानीय तह, (सबै)

Executive Director
Provincial Program Director
gg.ocmcm@p1.gov.np
Provincial Programme Coordination Analyst
bal.chaudhary@undp.org
Training Coordination Analyst
bishnu.neupane@undp.org
Body

आज मिति २०८२ साल असार १७ गते सुदूरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री कमल बहादुर शाहज्यूको अध्यक्षतामा प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम (PLGSP) अन्तरगत प्रादेशिक निर्देशक समिति (PSC) को दोस्रो बैठक बसी देहायका निर्णयहरु गरियो ।

बैठकका कार्यसूचीहरु (प्रस्तावहरु)

१. अघिल्लो बैठकका निर्णयहरुको समिक्षा।

२. प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम (PLGSP) को हाल सम्म (असार १६ सम्म) को प्रगति समिक्षा गर्ने ।

३. प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम (PLGSP) को आगामी आ.व. २०८२/८३ को बार्षिक कार्यक्रम र बजेट छलफल गर्ने ।

४. प्रदेश प्राविधिक सहयोग समिति (Provincial Technical Assistance Committee-PTAC) को गठन।

५. प्राविधिक सहायता पोर्टफोलियो दस्तावेजमा हस्ताक्षर

 

बैठकका निर्णयहरुः

१. प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम (PLGSP) अन्तरगत प्रादेशिक निर्देशक समितिको पहिलो बैठकमा भएका निर्णयहरुको कार्यान्वयनको अवस्थाबारे छलफल गरियो 1

२. प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम (PLGSP) अन्तरगत प्रादेशिक कार्यक्रम सहयोग इकाई (PPSU) र सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा तालिम प्रतिष्ठान (SPRTA) पुन्ना, डोटीबाट हाल सम्म सम्पादन भएका क्रियाकलापहरुको भौतिक तथा वित्तिय प्रगति क्रमश प्रादेशिक कार्यक्रम निर्देशक र प्रतिष्ठानका कार्यकारी निर्देशकबाट प्रस्तुतीकरण भई छलफल गरियो।

३. प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम (PLGSP) अन्तरगत प्रादेशिक कार्यक्रम सहयोग इकाई (PPSU) र सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा तालिम प्रतिष्ठान (SPRTA) पुन्ना, डोटीको आ. व. २०८२/०८३ को प्रदेश वार्षिक रणनीतिक कार्यान्वयन योजना तथा बजेट (PASIPB) बारे छलफल भयो र उक्त बार्षिक कार्यक्रम र बजेट सर्वसम्मत अनुमोदन गरियो।

४. प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम (PLGSP) अन्तरगत प्रदेश प्राविधिक सहयोग समिति (Provincial Technical Assistance Committee-PTAC) को संरचना र कार्यजिम्मेवारीका वारेमा छलफल गरी तपसिल अनुसार समितिको गठन गरियो ।

Display at Home Page
Off
Provice
Subscribe to