
कर्णाली प्रदेश सरकार
कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान
वीरेन्द्रनगर, सुर्खेत
विषय विज्ञ (Roster of Subject Expert) सूचिकृत गर्ने सम्बन्धी सूचना।
(प्रथम पटक प्रकाशित मितिः २०८२/०४/२१)
यस प्रतिष्ठानबाट चालु आ.व. २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रममा सञ्चालन गरिने विभिन्न प्रकारका तालिम, अध्ययन अनुसन्धानका लागि तपसिल अनुसारको विषय क्षेत्रहरुमा विज्ञ सेवा आवश्यक पर्ने भएकोले यस प्रतिष्ठानले माग गरेको अवस्थामा सेवा प्राप्त गर्ने प्रयोजनका लागि विषयगत विज्ञहरुको सूची तयार गर्ने कार्य भइरहेकोले योग्यता पुगेका इच्छुक विषय विज्ञहरुले आफ्नो अध्यावधिक वैयक्तिक विवरण (Curriculum Vitae) सहित मिति २०८२ भाद्र ५ गते भित्र अनलाइन फाराम भरी submit गरी पठाउनु हुन यो सूचना प्रकाशन गरिएको छ।
तपसिल
- वित्तिय जोखिम न्यूनीकरण कार्ययोजना (FRRAP)
- अन्तरसरकार व्यवस्थापनका सम्बन्धमा अनुसन्धान तथा लेखाजोखा
- प्रमाणमा आधारित नीतिगत बहस (संघीयता कार्यान्वयन, वित्तीय सङ्घीयता, राजस्व बाँडफाँट, स्थानीय आर्थिक विकास तथा लैससास मूलप्रवाहीकरण, नागरिक सहभागिता, विपद जोखीम न्युनीकरण)
- संघीय शासन प्रणाली र स्थानीय शासन प्रणाली
- स्थानीय सरकार संचालन सम्बन्धी नीति, कानुन तथा सार्वजनिक प्रशासन
- सार्वजनिक खरिद प्रणाली (e-GP)
- बजेट तथा योजना तर्जुमा प्रक्रिया, मध्यमकालिन खर्च संरचना (MTEF)
- राजस्व सुधार योजना (RIAP)
- सूचना प्रविधि र विद्युतीय शासन, Cyber security, Networking, Server Management, Website Management
- सामाजिक जवाफदेहिताका औजारहरु (Social Accountability Tools)
- स्थानीय तहमा घटना दर्ता, सिफारिस, पञ्जिकरण तथा सामाजिक सुरक्षा
- लैंगिक उत्तरदायी बजेट कोडिङ (GRB Coding), लैंगिक समानता तथा सामाजिक समावेशीकरण (GESI) नीति, PSHEA नीति
- वातावरण व्यवस्थापन, विपद् तथा जोखिम न्यूनीकरण, जलवायु परिवर्तन
- भवन आचार संहिता र नक्सा पास प्रणाली एवं Bio Engineering
- स्थानीय तहको न्याय प्रणाली, मेलमिलाप र मध्यस्थता
- बेरुजू फछ्यौट, आन्तरिक नियन्त्रण प्रणाली
- क्षमता विकास कार्यक्रमको प्रभाव मूल्यांकन
- निर्वाचित जनप्रतिनिधिहरूलाई रूपान्तरणनकारी नेतृत्व तथा लैंगिक समानता तथा सामाजिक समावेशीकरण (GESI)
- बस्ती तथा वडा स्तरको योजना तर्जुमा प्रकृयामा Simulation method
- नेतृत्व विकास र सशक्तिकरण, सकारात्मक सोच र योग प्रणाली
- स्थानीय सरकार कार्यसम्पादन प्रणाली (LGPAS)
- PLMBIS/CGAS/RIMS/SUTRA/PAMS सम्बन्धी तालिम
- Community of Practice को स्थलगत प्रशिक्षण
आवेदकको योग्यता
- आवेदकले अधिकतम ५ वटा सम्म विषय क्षेत्रमा विज्ञताको दावी पेश गर्न सक्नेछन ।
- आवेदक मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक/स्नातकोत्तर उत्तीर्ण भएको हुनुपर्नेछ ।
- अध्ययन अनुसन्धान सम्बन्धी सेवाको हकमा न्युनतम ५ वटा कार्य जिम्मेवारी (Assignment) पुरा गरेको हुनुपर्नेछ ।
- विज्ञ सेवा माग गर्दा सम्बन्धित विषयको कार्य अनुभवलाई आधार मानेर प्राथमिकता तय गरिनेछ ।
इच्छुक आवेदकहरुले सूचना प्रकाशन भएको मितिले पन्ध्र दिन भित्र आफ्नो विज्ञताको क्षेत्र प्रष्ट खुल्ने गरी निम्नानुसार अनलाइन फाराम भरी आवदेन पेश गर्नुहुन अनुरोध छ।
आवेदनको लागि लिङ्क:
https://forms.gle/v2NGDRNsf9k9jwXi9
कृष्णप्रसाद खरेल कार्यकारी निर्देशक |