Skip to main content
Submitted by plgspadmin on 26 January 2023
Provice
Type
Notice

नेपाल सरकार
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम
बबरमहल, काठमाडौं

प्रस्ताव आव्हान (प्रथम पटक प्रकाशित मिति: २०७९/१०/१२)

यस कार्यक्रम तर्फ चालु आर्थिक वर्ष २०७९/८० का लागि स्वीकृत तपसिलका कार्यक्रम कार्यान्वयन गर्न परामर्शदाता छनौट गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक परामर्शदातालाई प्रस्ताव पेस गर्न आव्हान गरिएको छ ।

  • प्रदेश सुशासन केन्द्रबाट दिइने छोटो तथा मध्यमकालीन प्रशिक्षणको लागि तालिम मोलहरू तयार पार्ने (PLGSP/RFP/5-079-80)।
  • स्थानीय तहको लागि विषयगत मापदण्ड तथा स्रोत पुस्तिका तयारी परिमार्जन गर्ने  (PLGSP/RFP/6-079-80)

प्रस्ताव आव्हान सम्बन्धी कार्यक्रमका शीर्षकहरूको कार्यक्षेत्रगत सर्त र विवरण (ToR) र विस्तृत जानकारीका लागि यस कार्यक्रमको यसै वेबसाइट (www.plgsp.gov.np) वा यस कार्यक्रमको कार्यालयबाट प्राप्त गर्न सकिनेछ ।

प्रस्तावदाताले हार्डकपी सहितका प्रस्ताव मिति २०७९/१०/२६ गते स्थानीय समय अनुसार दिउसो १२ बजे सम्म भौतिक रूपमा कार्यालयमा उपस्थित भई दता गराउनुपनेछ । 

प्रत्येक कार्यको आर्थिक तथा प्राविधिक प्रस्ताव छुट्टाछुट्टै रूपमा तयार पारी कार्यक्रमको शीर्षक र ठेक्का नम्बर समेत खुलाई पेस गर्नुपर्नेछ । प्रस्ताव पेस गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेमा बिदा पद्रिका कार्यालय खुलेको पहिलो दिन अन्तिम दिन र समय सोहि बमोजिम हुनेछ। प्रस्ताव सम्बन्धमा अन्य व्यवस्था सार्वजनिक खरिद ऐन तथा नियमावली र खरिद सम्बन्धी नेपाल सरकारले जारी गरेका अन्य कानूनहरू लागू हुन्छन् ।