Skip to main content
Submitted by plgspadmin on 15 November 2025
Provice
Type
Notice

मितिः २०८२/०७/२५

श्री स्थानीय तह (सम्बन्धित सबै)

विषयः क्षतिको विवरण प्रमाणीकरण गरी पठाईदिने बारे ।

उपरोक्त विषयमा २०८२ भदौ २३ र २४ गतेका दिन भएको आन्दोलनका क्रममा स्थानीय तहहरुमा हुन गएको क्षतिको विवरण संकलन गर्ने उद्देश्यले गत आश्विन र कार्तिक महिनामा यस PLGSP कार्यक्रमबाट तयार गरी तहाँ पठाईएको तथ्याङ्क संकलन फारममा "आंशिक वा पूर्ण क्षति भएको छ" भनी उल्लेख भएका स्थानीय तहहरु (जम्मा २२५) मध्ये तहाँको कार्यालयबाट प्राप्त भएको विवरण सहितको प्रमाणीकरण ढाँचा ईमेल (संलग्न ईमेल ठेगाना) मार्फत पठाईएको छ ।

उक्त क्षतिको विवरण पुनः एक पटक रुजु गरी, कुनै थपघट भए अद्यावधिक समेत गरी, प्रमाणित Hard copy को Scan र Excel Format को Soft Copy समेत ७ (सात) दिनभित्र यस कार्यालयको ईमेल ठेगाना pcu@plgsp.gov.np मा आईपुग्ने गरी पठाईदिनुहुन निर्णयानुसार अनुरोध छ।