मिति २०८२ जेठ ७ गते
प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम (PLGSP) को राष्ट्रिय निर्देशक समिति (NSC) को दोश्रो बैठकका निर्णयहरु
निर्णय १ः संघीयता समन्वय समिति (FCC) बाट स्वीकृत कार्यक्रम समन्वय ईकाई (PCU) तर्फको वार्षिक रणनीतिक कार्यान्वयन योजना (ASIP) अनुमोदन गर्ने ।
निर्णय २ः प्रदेशहरुबाट प्राप्त प्रदेश मन्त्रालयस्तरीय बजेट सूचना प्रणाली (Provincial Line Ministry Budget Information System-PLMBIS) मा समावेश भएको प्रादेशिक वार्षिक रणनीतिक कार्यान्वयन योजना (PASIP) अनुमोदन गर्ने ।
निर्णय ३ः विकास साझेदारहरुबाट पूर्ण रुपमा वैदेशिक सहायता प्राप्त नभएको अवस्थामा हालसम्म द्विपक्षीय सम्झौता सम्पन्न भई लगानीको सुनिश्चितता भएको रकम मध्येबाट प्राविधिक सहायताको लागि नेपाल सरकार मन्त्रिपरिषदबाट स्वीकृत सीमामा रही प्राविधिक सहायता तर्फको कार्यक्रम तथा बजेट प्राविधिक सहायता समिति (TAC) लाई संशोधन गरी स्वीकृत गर्न सहमति दिने ।
निर्णय ४ः नवप्रवर्तन साझेदारी कोप (IPF) कार्यान्वन निर्देशिका, २०७८ संशोधन गर्न मन्त्राललाई निर्देशन दिने ।
निर्णय ५ः कार्यक्रम कार्यान्वयनका क्रममा विकास साझेदारहरु (DP's) का तर्फबाट प्रास सुझावहरु जानकारी भयो ।