मिति २०८२ जेष्ठ ६ गते
प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम (PLGSP) को संघीय समन्वय समिति (FCC) को दोश्रो बैठकका निर्णयहरु
निर्णय १ः आ.व. २०८२-०८३ को प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम (PLGSP) कार्यक्रम समन्वय ईकाई (PCU) तर्फको वार्षिक कार्यक्रम तथा बजेट स्वीकृत गरी राष्ट्रिय निर्देशक समितिमा पेश गर्ने ।
निर्णय २ः प्रदेशहरुबाट प्राप्त प्रदेश मन्त्रालयस्तरीय बजेट सूचना प्रणाली (Provincial Line Ministry Budget Information System-PLMBIS) मा समावेश भएको प्रादेशिक वार्षिक रणनीतिक कार्यान्वयन योजना (PASIP) अनुमोदनको लागि राष्ट्रिय निर्देशक समिति (NSC) मा पेश गर्ने ।
निर्णय ३ः विकास साझेदारहरुवाट पूर्ण रुपमा वैदेशिक सहायता प्राप्त नभएको अवस्थामा हालसम्म द्विपक्षीय सम्झौता सम्पन्न भई लगानीको सुनिश्चितता भएको रकम मध्येवाट प्राविधिक सहायताको लागि नेपाल सरकार मन्त्रिपरिषदवाट स्वीकृत सीमामा रही प्राविधिक सहायता तर्फको कार्यक्रम तथा बजेट संशोधन गर्ने सम्बन्धी विषय निर्णयार्थ राष्ट्रिय निर्देशक समिति (NSC) मा पेश गर्ने ।