Skip to main content
     
8:00AM
Biratnagar,Hotel Eastern Star

प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, कलवलगुरी झापाको चालु आर्थिक वर्ष २०७९/८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार स्थानीय तहमा कार्यक्रत कर्मचारीको लागि व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा (VERSP-MIS) सम्बन्धी तालिम मिति २०७९ साल चैत्र २७ र २८ गते बिराटनगरमा आयोजना गरी सम्पन्न भयो । यस तालिमको शुभारम्भ कार्यक्रम चैत्र २७ गते यस प्रतिष्ठानको कार्यकारी निर्देशक श्री कृष्णप्रसाद सापकोटा ज्यूको अध्यक्षता रहेको थियो। यस उद्घघाट्न तालिम कार्यक्रममा विशेष अतिथी मोरङ जिल्लाका श्रीमान प्रमुख जिल्ला अधिकारी श्री तिर्थराज भट्टराई ज्यू र अतिथीको रुपम राष्ट्रिय परिचयपत्र तथा पंजिकरण विभागका निर्देशक श्रीमान नवराज जैशी ज्यूको सहभागीता रहेको थियो।कार्यक्रममा प्रतिष्ठानका शाखा अधिकृत श्री कुमार बस्नेत र PLGSP कार्यक्रमका तर्फबाट स्थानीय शासन विज्ञ श्री अनिता गुरागाई र क्षमता विकास विज्ञ श्री शेखर कार्की को पनि सहभागिता रहेको थियो। यस तालिमको शुरुवात राष्ट्रिय गानबाट शुरु गरीएको थियो भने तालिमको उद्घघाट्न कार्यक्रममा अध्यक्ष तथा कार्यकारी निर्देशक र विशेष अतिथी ज्यूबाट संयुक्त रुपमा गमलामा पानि हालेर शुभारम्भ गरिएको थियो। यस तालिमको उद्घघाट्न कार्यक्रममा अतिथी तथा सहभागीहरुलाई स्वागत मन्त्वय प्रतिष्ठानका शाखा अधिकृतले गर्नुभएको थियो र तालिमको उद्देश्य उपर स्थानीय विकास विज्ञले प्रकाश प्रकाश पार्नुभएको थियो।यस कार्यक्रममा विशेष अतिथि र कार्यकारी निर्देशक ज्यूले व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा (VERSP-MIS) को सम्बन्धमा वर्तमान अवस्थामा यसको महत्व र यसका कानूनी प्रकृयाका बारेमा अफ्ना मन्त्वय राख्नु भएको थियो। यस तालिम १४ जिल्लाका ८८ वटा गाउँपालिकाका ७६ जना कर्मचारीहरुको  -(महिलाः २० र पुरुषः ५६) सहभागिता रहेको थियो।

यस तालिम कार्यक्रममा प्रशिक्षकको रुपमा राष्ट्रिय परिचयपत्र तथा पंजिकरण विभागका श्री नवराज जैशी, समीर भण्डारी, निर्मल कुमार शर्मा र उज्जल मिश्रले व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा (VERSP-MIS) सम्बन्धी विभिन्न विषयमा सहजीकरण गर्नुभएको थियो ।यस तालिमको समापन मन्त्वय प्रतिष्ठानका शाखा अधिकृत श्री कुमार बस्नेत ज्यूको अध्यक्षतामा सहभागीहरुले यो तालिम अत्यन्तै प्रभावकारी र व्यवहारिक भएको र वर्तमान परिपेक्ष्यमा उहाँहरुलाई यो तालिम अत्यन्त आवश्यक रहेको विचार व्यक्त गर्दै सम्पन्न गरियो।

VERSP-MIS
VERSP-MIS