Skip to main content
     
09:00
Panauti, Kavrepalanchowk

प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिएलजिएसपी) र गाउँपालिका राष्ट्रिय महासंघ नेपालको सहकार्यमा "संघीयता कार्यान्वयनमा हालसम्मको सिकाई, स्थानीय सरकारका सवाल र आगामी कार्यदिशा विषयमा राष्ट्रिय कार्यशाला सम्पन्न भएको छ । काभ्रेपलान्चोककको पनौतीमा यही माघ १३ र १४ गते सम्पन्न कार्यशालामा ७ वटै प्रदेशका ५५ वटा गाउँपालिकाका ६० जना अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्षहरुको सहभागिता रहेको थियो ।

संघीयता कार्यान्वयनमा हालसम्म भएका सिकाईहरुको स्थानीय सरकारको तर्फबाट समिक्षा गर्दै प्रभावकारी कार्यान्वयनको लागि अबको प्राथमिकता र कार्यदिशा तय गर्ने तथा तय गर्ने कार्यशालाको मुख्य उद्देश्य रहेको थियो । यसैगरी स्थानीय सरकारको क्षमता विकास सम्बन्धी आगामी कार्ययोजना तर्जुमा गर्न तीन वटै तहका सरकारहरु लाई पृष्ठपोषण प्रदान गर्नु कार्यशालाको उद्देश्य रहेको थियो ।

कार्यशालामा राजनीतिक संघीयता, वित्तीय संघीयता, प्रशासनिक संघीयता र अन्तर सरकार समन्वय गरी चारवटा विषयमा हालसम्मको समिक्षा गरिएको थियो । स्थानीय सरकारहरुले यि विषयमाहरुलाई कार्यान्वयन गर्दा आइपरेका समस्याहरुको विश्लेषण गर्दै आगामी कार्यदिशा तया गर्न महत्वपूर्ण सुझावहरु प्राप्त भएका छन् । कार्यशालाबाट प्राप्त निश्कर्षहरुलाई दस्तावेजिकरण गरी महासंघले यसको प्रभावकारी कार्यान्वयनका लागि तीन वटै तहका सरकार र निकायहरुमा वहश, पैरवी, समन्वय र सहजिकरण गर्ने महासंघले जनाएको छ । यसैगरी प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमले कार्यशालाबाट प्राप्त निश्कर्ष र सुझावलाई स्थानीय सरकारको आगामी क्षमता विकास योजना तर्जुमाका लागि महत्वपूर्ण आधार हुने अपेक्षा गरेको छ ।

कार्यशालामा सत्रमा महासंघका पदाधिकारी, पिएलजिएसपिका राष्ट्रिय कार्यक्रम निर्देशक वलराम रिज्याल, कार्यक्रम प्रबन्धक हेमराज अर्याल एवं मन्त्रालय र कार्यक्रमका प्रतिनिधिहरु, विकास साझेदार निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको समापन सत्रमा प्रमुख अतिथीको रुपमा राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगका अध्यक्ष वालानन्द पौडेलको उपस्थिती रहेको थियो ।

दुई दिने कार्यशालामा राजनीतिक संघीयता, प्रशासनिक संघीयता, वित्तीय संघीयता र अन्तर सरकार समन्वयका विषयमा सम्बन्धित राष्ट्रिय स्तरका विज्ञहरुले सहजिकरण गर्नुभएको थियो ।

Event Location
Photo of workshop on Federalism implementation
Photo of workshop on Federalism implementation
Photo of workshop on Federalism implementation