Provice
              
          Type
              Notice
          प्रदेश सुशासन केन्द्र वाग्मतीद्वारा प्रदेश र संघीय सरकारका सहायक स्तरका कर्मचारीहरुका लागि ३५ दिने सेवा कालीन तालिम प्रारम्भ
प्रदेश सुशासन केन्द्र वाग्मतीद्वारा प्रदेश र संघीय सरकारका सहायक स्तरका कर्मचारीहरुका लागि ३५ दिने सेवाकालीन तालिमको शुरुवात गरियो |भर्चुअल विधिवाट प्रारम्भ गरिएको यो तालिम कार्यक्रमको शुभारम्भ सेसनमा संघीय मामिला तथा सामान्य प्रशसन मन्त्रालयका सह सचिव, डा. गोपीकृष्ण खनाल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नि. प्रमुख सचिव याम लाल भुसाल, सचिव स्किम श्रेष्ठ र प्रदेश सुशासन केन्द्रका कार्यकारी निर्देशक बिमल पोख्रेलको उपस्थिति रहेको थियो | कार्यक्रममा प्रदेश सरकार अन्तर्गतका २४ र संघीय सरकार अन्तर्गतका ३ जना गरी २७ जना कर्मचारीहरुको सहभागिता रहेकोछ |
 
        
     
 
 
