Skip to main content
Submitted by plgspadmin on 5 August 2022
Provice

प्रस्ताव पेश गर्न बारे सूचना (पुनः प्रकाशित मिति २०७८/१०/०८)

देहायका क्रियाकलापहरू परामर्शदाता मार्फत कार्यान्वयन गर्नुपर्ने भएकोले योग्यता पुगेका परामर्शदाता/फर्महरूबाट मिति २०७८/१०/२३ गते कार्यालय समय भित्र प्राविधिक र आर्थिक प्रस्ताव छुट्टाछुट्टै शिलबन्दी गरी पेश गर्न यो सूचना प्रकाशित गरिएको छ । परामर्शदाता/फर्मको योग्यता तथा काम सम्बन्धी विवरण (कार्यक्षेत्रगत शर्त) यसै साथ् संलग्न गरिएका छन् ।

तपसिल:

१)  प्रदेश सुशासन केन्द्र मार्फत प्रदेश तथा स्थानीय तहका लागि सञ्चालन भएका क्षमता विकास कार्यक्रमको प्रभावकारिता अध्ययन गर्ने ।

२)  नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (NASC) र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान (LDTA) बाट सञ्चालन गरिएका तालिमहरूको प्रभाव मूल्याङ्कन गरी सुधारका लागि सुझावहरू पेश गर्ने ।