Skip to main content
Submitted by plgspadmin on 28 July 2022
Provice
Type
Notice

स्थानीय तहमा नियुक्त भइ कार्यरत सूचना प्रविधि अधिकृतहरुको तलब मध्ये यस कार्यक्रमको तर्फबाट आ.ब. २०७७।७८ को पहिलो किस्ता रकम  सोधभर्ना  पठाउने प्रयोजनको लागि देहायका विवरण र कागजातहरु निम्न उल्लेखित फाराममा अपडेट गरि पठाईदिनुहुन अनुरोध छ । रकम Digital transfer  गर्दा  खाताको नामको हिज्जे (spelling) र पुरा खाता नम्बर फरक परेमा बैकको system ले खातामा रकम जम्मा नगर्ने भएकोले पुरा विवरण आवश्यक भए सम्बन्धित बैकवाट समेत एकिन गरी पठाइदिनुहुन अनुरोध छ । 

पठाउनुपर्ने विवरण
- सूचना प्रविधी अधिकृतको व्यक्तिगत विवरण (नाम, ईमेल, सम्पर्क नं.)
- लेखा अधिकृतको व्यक्तिगत विवरण (नाम, सम्पर्क नं)
- करार नियुक्ति र नविकरणको आ.व., महिना, गते
- करार नविकरण वा नियुक्तिको प्रतिलीपी (upload गर्ने)
- बैङ्कको नाम, शाखा, खाता विवरण (स्थानिय तहको ग २.७ विविध खर्च खाता रूजु गरि पठाउनु होला, व्यक्तिगत होइन)
- हाल सम्म (२०७७ श्रावण-आश्विन सम्म) को प्रमाणित हाजिरी (upload गर्ने)
- निम्न फाराम, मिति २०७७ कार्तिक ०४ गते भित्र भरि पठाउनु हुन अनुरोध छ)

भर्नुपर्ने फाराम: bit.ly/itosalary-7778-1

नोट: यसभन्दा अघि पठाएको खाताको विवरण परिवर्तन भएमा परिवर्तित विवरण र परिवर्तन नभएको भए साविककै विवरण फाराममा अपडेट गरिदिनुहोला । विवरण प्राप्त भएपछि मात्र सोधभर्ना रकम पठाइने व्यहोरा अनुरोध छ ।