Skip to main content
Submitted by plgspadmin on 27 July 2022
Provice

नेपाल सरकार, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत चालु आर्थिक वर्ष २०७६/०७७ बाट प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम शुरुवात भएको छ । यस कार्यक्रममार्फत प्रदेश तथा स्थानीय तहका प्रदेश तथा स्थानीय सरकार र अन्य सरोकारवाला निकायहरुसँगको सहकार्य र समन्वयमा प्रदेश तथा स्थानीय तहका केन्द्रहरुमा समिति संचालन हुनेछन् ।

जनप्रतिनिधि तथा कर्मचारीहरुको क्षमता विकास सम्बन्धी विविध कार्यक्रमहरुमा विज्ञ / स्रोत व्यक्तिको रुपमा सेवा दिन चाहने योग्य र सम्बन्धित विषयमा अनुभव भएका व्यक्तिहरुले यस वेबसाइट मार्फत आफ्नो विवरण अध्यावधिक गर्न हुन जानकारी गराईन्छ । प्राप्त विवरणका आधारमा विषय शीर्षक अनुसार विज्ञ / स्रोत व्यक्तिको सूची तयार गरिने छ र सूचीमा समावेश भएका व्यक्तिहरु मध्य समेत आवश्यकता अनुसार सेवा लिन सकिनेछ ।

साथै, यसरी सूचीमा समावेश भएका विज / स्रोत व्यक्तिको सेवा लिने र सेवा लिन पर्दा निजको पारिश्रमिक र अन्य शर्त के हुने भन्ने निर्णय कार्यक्रम संचालनका बखत कार्यक्रम संचालन गर्ने निकायबाट हुने व्यहोरा समेत जानकारी गराईन्छ ।यस सम्बन्धी थप जानकारी संग्लन पत्र हेर्नु होला |