IPF Review Program (5th April 2023)
The review program of the projects under the IPF has been completed on 5th April 2023 at Biratnagar.
प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, कलवलगुरी झापाको चालु आर्थिक वर्ष २०७९
The review program of the projects under the IPF has been completed on 5th April 2023 at Biratnagar.
इलाम । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले मन्त्रालय अन्तर्गतको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (PLGSP) अन्तर्गत कोशी प्रदेश स्थित प्रादेशिक कार्यक्रम कार्यान्वयन इकाईसँगको सहकार्यमार्फत कार्यान्वयन भइरहेको परियोजनाको अनुगमन गरेका छन् । मंगलबार इलामको सूर्योदय नगरपालिकामा प्रादेशिक कार्यक्रम कार्यान्वयन इकाई र नगरपालिकाबीच नवप्रवर्तन साझेदारी कोषबाट कार्यान्वयन भइरहेको परियोजनाको मन्त्री मोदीले अनुगमन गरेका हुन् ।
मन्त्री मोदीले सूर्योदय नगरपालिकास्थित निर्माणाधीन कन्यामको डुँडेगैरा–पुर्णेडाँडा साइक्लिङ्ग ट्रयाकअन्तर्गत् वडा नम्बर ६ स्थित कन्याम डुँडेगैरा, कन्याम भन्ज्याङको पर्यटकीयस्थल, वडा नम्बर ०८ स्थित मानेडाँडामा निर्माणाधीन सिसाको पुलको अनुगमन गरेका हुन् । अनुगमनकै क्रममा मन्त्री मोदीले वडा नम्बर ८ स्थित सामुदायिक होमस्टे निर्माणको सम्भाव्यता अध्ययनको सन्दर्भमा स्थानीयसँग अन्तर्क्रिया समेत गरे ।
१० करोड ८१ लाखको कुल लागत साझेदारीमा निर्माणाधीन कन्यामको डुँडेगैरा–पुर्णेडाँडा साइक्लिङ्ग ट्रयाक निर्माणसँगै स्थानीयको आर्थिक जीवनस्तर उकास्ने र लोपोन्मुख लेप्चा जनजातिको ऐतिहासिक र सांस्कृतिक पक्षहरूको संरक्षणको लक्ष्य परियोजनाले राखेको छ । नगरपालिकाको १४ मध्ये ६ वटा वडामा यो परियोजना अन्तर्गत काम भइरहेको छ । अनुगमनको क्रममा मन्त्री मोदीले निर्माणाधीन परियोजनाका कामहरू समयमै सम्पन्न गर्न निर्देशन दिए । कामको गुणस्तरीयताको नियमित रूपमा अनुगमन गर्न पनि मातहतका कार्यालय प्रमुखलाई मन्त्री मोदीले निर्देशन दिए ।
यस परियोजना अन्तर्गत कोशी प्रदेशमा १० वटा परियोजना सञ्चालन भइरहेको छ । यस परियोजना अन्तर्गत देशभर ५७ वटा विभिन्न कार्यक्रम सञ्चालन भइरहेको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका राष्ट्रिय कार्यक्रम व्यवस्थापक भूपेन्द्र सापकोटाले जानकारी गराए ।
अनुगमनमा प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका राष्ट्रिय कार्यक्रम व्यवस्थापक भूपेन्द्र सापकोटा, प्रादेशिक कार्यक्रम कार्यान्वयन इकाई, मुख्यमन्त्री कार्यालय, कोशी प्रदेशका टोली प्रमुख प्रणय शर्मा, प्रदेश सुशासन केन्द्र, झापाका टोली प्रमुख अनिता गुराँगाई, सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराई, १० नम्बर वडाका वडाध्यक्ष पेमा उगेन लामा, आइपिएफ फोकल पर्सन सिर्जन गदाललगायत उपस्थित थिए ।
श्रोतः रातोपाटी, मंगलबार, २१ चैत्र २०७९ (https://www.ratopati.com/story/355672/modi)