Under the Provincial and Local Governance Strengthening Programme (PLGSP), the third Provincial Steering Committee meeting of Lumbini Province was held on Baisakha 11th, 2083. The meeting reviewed the progress of current fiscal year (FY 2082/83) programme implemented by PLGSP and endorsement of the proposed activities for FY 2083/84 in Lumbini Province.
The meeting was chaired by the Honorable Chief Minister, who emphasized the need further efforts and collaboration with local level to speed up the implementation of current fiscal year activities and timely completion. Hon, Chief Minister gave directives to prioritize and focus on innovative partnership programme and its effectiveness. Expressing gratitude to PLGSP/PPSU and PCGG for their continued support and guidance in strengthening governance, Hon. Chief Minister suggested to integrate and specialized the capacity development programme and incorporation of activities related to study and support in the policy formulation and harmonization between provincial and local levels in FY 2083/84 activities.
The meeting endorsed the proposed activities and budget for FY 2083/84 of PPSU and PCGG to be submitted to MoFAGA, with slight revision.
---------------------------------------------------------------------------------------------------------------------------------------------------------
प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम (PLGSP) अन्तर्गत प्रादेशिक निर्देशक समितिको तेस्रो बैठक २०८३ बैशाख ११ गते सम्पन्न भएको छ। बैठकमा चालु आ.व. २०८२/८३ मा सन्चालित कार्यक्रमहरूको प्रगति समिक्षा तथा आ.व. २०८३/८४ का लागि प्रस्तावित वार्षिक कार्यक्रम अनुमोदन गरि पठाउने निर्णय गरिएको छ।
बैठकको अध्यक्षता गरिरहनु भएका माननीय मुख्यमन्त्री ज्यूले चालु आ.व. मा संचालित कार्याक्रमका सम्बन्धमा कार्याक्रम समयमै सम्पन्न गर्न सबै तहबाट प्रयास गर्नुपर्ने, कार्यान्वयनको गति बढाउनु पर्ने, स्थानीय तह र प्रदेश बीचको समन्वयलाई अझ सुदृढ बनाउनु पर्नेमा जोड दिनुभयो। उहाँले चालु आ.व. मा नवप्रवार्तनमा जोड दिई नवप्रवार्तन साझेदारी कार्याक्रम्लाई प्रभावकारी बनाउनमा विशेष प्राथमिकता दिनुपर्ने निर्देशन दिनु भएको छ। यसका साथै, उहाँले निरन्तर सहयोग र मार्गदर्शनका लागि PLGSP/PPSU र PCGG प्रति आभार प्रकट गर्दै आ.व. २०८३/८४ का लागि प्रस्तावित कार्यक्रममा क्षमता विकास सम्बन्धि क्रियाकलापलाई विशिष्टीकरण गर्ने, नीति निर्माणमा प्रदेश तथा स्थानीय तहमा अध्ययन, विश्लेषण र आवश्यक नीति/कानुनको तर्जुमामा सहयोग पुर्याउने क्रियाकलाप समावेश गर्न सुझाव दिनुभएको छ ।
बैठकले आ.व. २०८३/८४ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको प्रदेश कार्यक्रम सहयोग इकाई (PPSU) र प्रदेश सुशासन केन्द्र (PCGG) मार्फत कार्यान्वयन हुने वार्षिक कार्यक्रम परिमार्जन सहित अनुमोदन गरी पठाउने निर्णय गरेको छ ।