Skip to main content
Submitted by plgspadmin on 14 February 2023
Provice
Type
Notice

मितिः २०७९/११/०२

विषयः तेस्रो त्रैमासिक निकासा फुकुवा सम्बन्धमा ।

श्री कोष तथा लेखा नियन्त्रक कार्यालयहरु, बबरमहल, सिंहदरवार, मोरङ, धनुषा, मकवानपुर, कास्की, रुपन्देही, कैलाली।
श्री प्रदेश लेखा नियन्त्रक कार्यालय ७ वटै ।
श्री प्रदेश लेखा इकाई कार्यालय झापा, ललितपुर, बाँके, डोटी ।

प्रस्तुत विषयमा नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत संचालित प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको ब.उ.शी.नं. ३६५००१०८३/४ र सोही कार्यक्रम अन्तर्गत सबै प्रदेश तथा स्थानीय तहमा वित्तिय हस्तान्तरण भै गएको सशर्त अनुदानको खर्च शिर्षक २६३३२ को बैदेशिक श्रोत दाताको संयुक्त कोष सोधभर्ना हुने अनुदान तर्फ चालु आ.व. २०७९/८० मा विनियोजित भएको बजेट रकम मध्ये बार्षिक स्वीकृत कार्यक्रम र अख्तियारी/LMBIS अनुसार हुनेगरी तेस्रो त्रैमासिक सम्मको श्रोत मिति २०७९/११/०२ को निर्णयानुसार फुकुवा भएको व्यहोरा अनुरोध छ ।

प्रदिप राज खरेल
लेखा अधिकृत