Skip to main content
Submitted by plgspadmin on 2 August 2022
Provice
Type
Notice

स्थानीय तहमा नियुक्त भइ आ.ब. २०७७/७८ मा कार्यरत सूचना प्रविधि अधिकृतहरुको फागुन देखि आषाढ मसान्त सम्मको तलब मध्ये यस कार्यक्रमको तर्फबाट बेहोरिने ७५% रकम र पोशाक बापत रु १०,००० समेत पठाउने प्रयोजनको लागि देहायका विवरण र कागजातहरु तयार गरि यस कार्यक्रमको सम्बन्धित प्रादेशिक कार्यक्रम कार्यान्वयन ईकाई (PPIU)मा कार्यरत सूचना प्रविधीविज्ञ मार्फत मिति २०७८ जेष्ठ ३० गते भित्र पठाईदिनुहुन अनुरोध छ । साथै, विवरण प्राप्त भए पछि मात्र सोधभर्ना रकम पठाईने र यस आ.व.को पारिश्रमिक बापतको रकम यसै आ.व. भित्र सोधभर्ना लिईसक्नुपर्ने व्यहोरा समेत अनुरोध छ।

 

सोधभर्ना पठाउन आवश्यक विवरण

यस अघि पठाईसकेको विवरण- फरक परेमा अध्यावधीक गर्ने,अन्यथा नयाँ विवरण पठाउने:
१) सूचना प्रविधी अधिकृतको व्यक्तिगत विवरण (नाम, ईमेल, सम्पर्क नं.)
२) लेखा अधिकृतको व्यक्तिगत विवरण (नाम, सम्पर्क नं)
३) करार नियुक्ति र नविकरणको आ.व., महिना, गते
४) करार नविकरण वा नियुक्तिको प्रतिलीपी
५) बैङ्कको नाम, शाखा, खाता विवरण (स्थानिय तहको ग २.७ विविध खर्च खाता रूजु गरि पठाइदिन तथा रकम Digital transfer गर्दा खाताको नामको हिज्जे (spelling) र पूरा खाता नम्बर फरक परेमा बैकको system ले खातामा रकम जम्मा नगर्ने भएकोले पुरा विवरण आवश्यक भए सम्बन्धित बैकवाट समेत एकिन गरी पठाइदिनुहुन अनुरोध छ) यस तेस्रो किस्ताका लागी आवश्यक नयाँ विवरण: ६) हाल सम्म (२०७८ चैत्र-अषाढ सम्म) को प्रमाणित हाजिरी (हाजिरी प्रणामित गर्न आवश्यक पत्रको नमूना bit.ly/template-attendance बाट प्राप्त गर्न सकिन्छ)।

यस तेस्रो किस्ताका लागी आवश्यक नयाँ विवरण:
६) अगाडी हाजिरी विवरण नपठाउनेहरुले श्रावण देखिको र पठाउनेहरुले फागुन देखि जेष्ठ मसान्त सम्मको हाजिरी विविरण पठाइदिनुहुन अनुरोध छ (हाजिरी प्रणामित गर्न आवश्यक पत्रको नमूना bit.ly/template-attendance बाट प्राप्त गर्न सकिन्छ)।