Skip to main content
Submitted by plgspadmin on 27 July 2022
Provice
Type
Notice

प्रस्तुत विषयमा तहाँ कार्यरत रहेका सूचना प्रविधि अधिकृतहरुलाई भुक्तानी गरिएको तलब मध्ये यस कार्यक्रमको तर्फबाट आ.ब. २०७६।७७ (वैशाख अषाढ महिना) को सोधभर्ना बापत पठाउनुपर्ने रकम तहाँ स्थानीय तहबाट प्राप्त विवरणको आधारमा एभरेष्ट बैक मार्फत पठाइएकोमा संलग्न सूची अनुसारका स्थानीय तहको खातामा खातावालाको नाम वा खाता नम्बर फरक परेकोले स्थानीय तहको संचित कोष खातामा रकम जम्मा हुन नसकेको जानकारी बैकवाट प्राप्त भएको छ ।

तसर्थ संलग्न ढाँचामा तपशीलको विवरण एकिन गरी निम्न लिङ्कमा उपलब्ध फाराम मार्फत र pcu@plgsp.gov.np मा ईमेल गरि पठाइदिनुहुन आदेशानुसार अनुरोध छ । साथै चालु आ.ब. २०७७। ७८ मा पनि सोही खातामा रकम पठाइने भएकोले खाता नम्बरमा कुनै परिवर्तन भए यथाशीघ्र जानकारी गराउने व्यवस्थाको लागि समेत अनुरोध छ ।

  1. - विवरण भर्ने ढाँचाः bit.ly/bankdata-template

  2. - विवरण भर्ने फरामः bit.ly/bankdata-form

थप जानकारीका लागिः
9841302065, 9869420931
pcu@plgsp.gov.np