Skip to main content
Submitted by plgspadmin on 27 July 2022
Provice
Type
Notice

प्रस्तुत विषयमा यस कार्यक्रमको च.नं. ९६  मिति २०७६/०५/३१ को पत्र प्राप्त गर्नु भएकै होला । सो सम्बन्धमा स्थानीय तहमा सूचना प्रविधिको प्रयोग बढाई सेवा प्रवाहमा सुधार गर्न सहयोग गर्ने उद्देश्यले स्थानीय तहहरुमा नियुक्त सूचना प्रविधि अधिकृत (IT Officer) हरुको पारिश्रमिकमा यस कार्यक्रमको तर्फबाट चालु आर्थिक वर्षको लागि आधारभुत पारिश्रमिकको ७५ प्रतिशत सहयोग गर्ने गरी कार्यक्रम स्वीकृत भएको  छ ।

तसर्थ, यहाँ उल्लेखित ढाँचा बमोजिम देहायका विवरण सहित सोधभर्ना माग गर्नु हुन आदेशानुसार अनुरोध गर्दछु |

  • सूचना प्रविधि अधिकृतको व्यक्तिगत विवरण
  • सूचना प्रविधि अधिकृतको करार सेवा/ अनुभव सम्बन्धि विवरण
  • यस आ. व. मा उपलब्ध गराइएको पारिश्रमिक रकम सम्बन्धि विवरण
  • यस आ. व. को बाँकि अवधिमा उपलब्ध  गराइने पारिश्रमिक रकम
  • संचित कोष खाताको विवरण
  • सूचना प्रविधि अधिकृतबाट करार अवधिमा सम्पादन गरिएका मुख्य मुख्य कार्यहरू
  • सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय प्रमुख र लेखा प्रमुखको सम्पर्क विवरण
  • अपलोड गरिनुपर्ने:
    • नियुक्ति पत्र/ करार संझौताको प्रति
    • सोध भर्ना सम्बन्धि पत्र
    • उल्लेखित ढाँचा को प्रमाणित विवरण