Skip to main content
Submitted by bagamati on 21 February 2024
Provice
Type
Latest Updates

स्थानीय तहबाट जनप्रतिनिधि तथा कर्मचारीहरुको क्षमता विकास सम्बन्धी माग गरिएकोमा बागमती प्रदेश अन्तर्गतका ११९ वटा स्थानीय तहहरु मध्येबाट २७ स्थानीय तहबाट वडास्तरको सेवा प्रवाहलाई प्रभावकारी बनाउने र पञ्जीकरण,सामाजिक सुरक्षा र वडाबाट गरिने सिफारिस सम्बन्धी वडा अध्यक्ष र वडा सचिवका लागि क्षमता विकास कार्यक्रमको माग भई आएको थियो ।उक्त माग बमोजिम वडा अध्यक्ष र वडा सचिव बीचमा रहेको जिम्मेवारी तथा अधिकारक्षेत्रहरुमा समान बुझाई कायम गर्ने उद्देश्यले २७ वटा गाउँपालिका वडा अध्यक्ष र वडा सचिवलाई ४ वटा समुहमा विभाजन गरी ३ दिने तालिम सञ्चालन गरियो । उक्त तालिमको सहजीकरण राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र सो विषयसँग सम्बन्धित वाह्य विज्ञलाई परिचालन गरिएको थियो ।उक्त तालिममा १६ वटा गाउँपालिकाबाट जम्मा १३७ जना (११४ जना पुरुष र २३ जना महिला) को सहभागीता रहेको थियो । जसमा जनप्रतिनिधि ८७ जना र कर्मचारी ५० जना रहेका थिए । कार्यक्रम मिति २०८० पुष १८ देखि माघ २१ गते सम्म ४ वटा समुहमा सम्पन्न गरिएको थियो ।कार्यक्रमको उद्घघाटन यस केन्द्रका कार्यकारी निर्देशकले गर्नु भएको थियो ।

स्थानीय तहका वडा अध्यक्ष र वडा सचिवहरुका लागि पञ्जीकरण, सामाजिक सुरक्षा र सिफारिस सम्बन्धी ३ दिने तालिमस्थानीय तहका वडा अध्यक्ष र वडा सचिवहरुका लागि पञ्जीकरण, सामाजिक सुरक्षा र सिफारिस सम्बन्धी ३ दिने तालिम