Skip to main content
Submitted by bagamati on 21 February 2024
Provice
Type
Latest Updates

बागमती प्रदेश अन्तरगतका ७४ वटा गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुका लागि कानुन निर्माण प्रक्रिया, बैठक व्यवस्थापन र स्थानीय राजपत्र प्रकाशन सम्बन्धी विद्यायन समितिका संयोजक र विधायन समिति सदस्य सचिवलाई २ दिने अभिमुखीकरण कार्यक्रमको सञ्चालन गरिएको थियो।गाउँ/नगरसभाले विद्यायन समितिलाई प्रत्ययोजना गरेको जिम्मेवारीमा रहेर स्थानीय तहका अधिकारक्षेत्र भित्र रहेर बनेका ऐन, कानुनहरु संघीय र प्रदेश कानुनको प्रतिकुल नहुने गरी निर्माणगर्न सभालाई सघाउने, कानुनको दफवार छलफलका साथै सल्लाहसुझाव पनि सम्बन्धित महाशाखा/शाखा तथा विषयगत समितिहरुलाई प्रदान गर्ने जस्ता महत्वपूर्ण भूमिका रहने गरेको छ । त्यसैले विद्यायन समितिका संयोजक र सदस्यको ज्ञान र सीपमा दक्षता अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको थियो । जसमा ५५ वटा गाउँपालिकाबाट जम्मा ९६ (७८ पुरुष र १८ महिला) जनाको सहभागिता रहेको थियो । त्यस मध्ये ४२ जना जनप्रतिनिधि र ५४ जना कर्मचारी रहेका थिए । कार्यक्रम २०८० माघ २१ देखि २६ सम्म ३ वटा समुहमा सञ्चालन गरिएको थियो ।

law

law