Skip to main content
Submitted by province1 on 30 November 2023
Provice
Type
Latest Updates

pis-koshi

मिति:२०८०/८१३ देखि १४ 

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निजामती किताबखानाले प्रदेश र स्थनीय सेवाका कर्मचरीहरुको अभिलेखीकरण गर्ने उदेश्यले वैयक्तिक सूचना प्रणाली (PIS) अध्यावधिक गरि प्रदेश र स्थानीय तहबाट नै प्रविष्ट गर्ने प्रावधान गरे संगै यस प्रणाली सम्बन्धि क्षमता विकास तालिम प्रदेश तहमा आयोजना गरि सम्पन्न भएको छ |

"प्रमुख सचिव डा. दिपक काफ्ले ज्युले सूचना प्रविधिको क्षेत्रमा देखापरेको परिवर्तनसँगै प्रदेश सरकारले पनि अब सरकारका सबै संगठन, कर्मचारी र यस क्षेत्रमा चासो राख्ने सबैको लागि यस प्रणालीले सघाउ पुर्याउने र प्रशासनिक संघियता कार्यान्वयनमा थप टेवा पुग्ने विचार ब्यक्त गर्नु भयो |"


"कार्यक्रमका अध्यक्ष प्रदेश सचिव, बद्री कुमार कार्की ज्यूले सूचना प्रविधिमा आधारित यस प्रणालीले तिनै तहका कर्मचारीहरुको सम्पूर्ण विवरण अभिलेख तथा प्रतिवेदनमा सहजता हुने र संघीय किताबखानाले गर्दै आएको जिम्मेवारी अव प्रदेश किताबखानामा हस्तान्तरण भएको हुदा प्रदेश सरकारलाई थप जिम्मेवार बनाएको हुदा सबै सहभागीलाई तालिममा सक्रिय सहभागिताको लागि अनुरोध गर्दै औपचारिक उद्घाटन सत्रको समापन गर्नु भयो |"

pis-koshi