Skip to main content
Submitted by bagamati on 28 August 2023
Provice
Type
Latest Updates

मिति:  अगस्ट ०४ र ०५, २०२३

प्रदेश सुशासन केन्द्रका कर्मचारीहरुको प्रशासनिक तथा व्यवस्थापकीय कार्यदक्षतामा अभिवृद्धि भई प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुका लागि सञ्चालन गरिने क्षमता विकासका कार्यक्रमका साथै दैनिक कार्यसम्पादन प्रभावकारीरुपमा सञ्चालन हुने अपेक्षाले यस केन्द्रमा कार्यरत निजामती कर्मचारी र PLGSP प्राविधिक टोली तर्फका कर्मचारीहरुको लागि २ दिने क्षमता विकास कार्यक्रम आयोजना गरिएको थियो । जसमा केन्द्रको सकारात्मक सोच र टिम विल्डिङ, वार्षिक व्यवसायीक योजना निर्माण (माईलस्टोन सहित), योजना तथा कार्यक्रमको अनुगमन तथा मूल्यांकन, कार्यालयको SOP र आर्थिक,प्रशासनिक तथा कार्यक्रमसँग सम्बन्धित विषयहरुमा अभ्यास तथा छलफल गरियो । कार्यक्रमको उद्घघाटन प्रसुकेका कार्यकारी निर्देशक श्री गोपाल कृष्ण न्यौपानेज्यूले गर्नु भएको थियो, प्रमुख अतिथिमा नेपाल सरकारका पूर्व सचिव श्री कृष्णहरी बास्कोटा हुनुहुन्थ्यो । कार्यक्रमको सहजीकरण र सुझाव PLGSP का राष्ट्रिय कार्यक्रम प्रबन्धक श्री बलराम रिजाल, पूर्व सचिव द्वय श्री कृष्णहरी वास्कोटा र श्री पूर्णचन्द्र भट्टराईले गर्नु भएको थियो । उक्त कार्यक्रममा प्रदेश सुशासन केन्द्रका जम्मा १८ जना कर्मचारीहरुको (पुरुष ०८ र महिला १०) सहभागिता रहेको थियो । कार्यक्रमका मुख्य उपलब्धीमा केन्द्रको माईलस्टोन सहितको चालु आर्थिक वर्षको व्यवसायीक योजनाको निर्माण भएको, कार्यक्रमका लागि चाहिने आर्थिक तथा प्रशासनिक कार्यमा एकरुपता ल्याउने उद्देश्यले विभिन्न फाराम तथा प्रस्तावना र प्रतिवेदनका ढाँचाहरुको निर्माण भएको छ ।

PLGSP का राष्ट्रिय कार्यक्रम निर्देशक श्री बलराम रिजालसँग प्रदेश सुशासन केन्द्रका कर्मचारी
PLGSP का राष्ट्रिय कार्यक्रम निर्देशक श्री बलराम रिजालसँग प्रदेश सुशासन केन्द्रका कर्मचारी
चित्र १. पूर्व नेपाल सरकारका सचिव श्री पूर्णचन्द्र भट्टराईद्वारा योजना, अनुगमन र मूल्यांकन सम्बन्धी सहजीकरण
पूर्व नेपाल सरकारका सचिव श्री पूर्णचन्द्र भट्टराईद्वारा योजना, अनुगमन र मूल्यांकन सम्बन्धी सहजीकरण