Skip to main content
Submitted by bagamati on 1 September 2023
Provice
Type
Latest Updates

सूचना प्रविधिको प्रयोग स्थानीय तहमा दिनानुदिन बढ्दै गइरहेको छ । सरकारी तहबाट सञ्चालित वेबमा आधारित सूचना प्रणाली (वेबसाइट वा एप्लिकेशन सफ्टवेयर) समयमा अद्यावधिक वा परिमार्जन नहुने गरेको, समय समयमा वेबसाइट काम नगर्ने, ह्याक हुने गरेको वा बारम्बार डाउन (down)हुने गरेको समाचार बिभिन्न सञ्चार माध्यमहरूबाट बेला बखतमा आउने गरेको छ । अर्कोतर्फ वेबमा आधारित प्रणाली विभिन्न कारक तत्त्वहरूमाथि निर्भर हुने प्राविधिक विषय भएकोले यसको यथार्थताको बारेमा थाहा नभई गलत सोचबिचार सृजना हुने गरेको पनि पाइन्छ । पालिकाहरुका गतिविधि तथा सूचनाहरूलाई कार्यालयको वेबसाइट र अन्य सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्ने गरिएको छ। अनलाइन प्रणालीबाट सेवा दिन सकिने सेवाहरु सो अनुसार दिदै आइ रहेको छ। गुणस्तरीय सेवा प्रवाहका लागि सेवाप्रदायक निकायको प्राविधिक क्षमता अभिबृद्धि आवश्यक देखिन्छ। तसर्थ स्थानीय पालिकाहरुमा कार्यरत सुचना प्रविधि अधिकृतहरुको क्षमता विकासका लागि तालिमको आवश्यकता माग भई आएकोले प्रदेश सुशासन केन्द्रले चालु आ.ब. २०८०/८१ को वार्षिक कार्ययोजना अनुसार बागमती प्रदेशका सबै स्थानीय तहका सूचना प्रविधि अधिकृतहरुको लागि यो कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रम ३ समुहमा सम्पन्न हुने गरि प्रस्ताव गरिएकोमा मिति २०८०/०५/०७ देखि १० सम्म दुई समुहमा २/२ दिने तालिम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा पहिलो समुहको (मिति: २०८०/०५/०७ देखि ०८) उद्घघाटन बागमती प्रदेश सरकारका प्रदेश सचिव श्री शिवराम गेलालज्यू द्वारा गरिएको थियो भने कार्यक्रमको अध्यक्षता यस केन्द्रका कार्यकारी निर्देशक श्री गोपाल कृष्ण न्यौपानेज्यूले गर्नु भएको थियो र कार्यक्रमको उद्देश्य केन्द्रका क्षमता विकास नीति र अनुसन्धान महाशाखाका निर्देशक श्री किरण थापाज्यूले गर्नु भएको थियो । त्यसै गरि मिति २०८०/०५/१० देखि ११ सम्म सञ्चालन गरिएको कार्यक्रममा केन्द्रका व्यवस्थापन तथा प्राविधिक महाशाखाका निर्देशक श्री गीता गुरुङ्ग द्वारा कार्यक्रमको अध्यक्षता ग्रहण गर्नु भएको थियो र कार्यक्रमको उद्देश्य उप निर्देशक श्री विनोद विडारीज्युले गर्नुभएको थियो ।यस कार्यक्रममा काभ्रे, नुवाकोट, रामेछाप, सिन्धुली, ललितपुर, सिन्धुपाल्चोक र दोलखाबाट जम्मा ५३ जना सूचना प्रविधि अधिकृतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण सूचना प्रविधिसँग सम्बन्धित विभिन्न मन्त्रालय, विभाग, केन्द्र तथा विज्ञहरुद्धारा गरिएको थियो ।

सूचना प्रविधि अधिकृतहरुलाई साईवर सुरक्षा सम्बन्धी सहजीकरण गर्दै ।