Skip to main content
Submitted by bagamati on 28 August 2023
Provice
Type
Latest Updates

बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको प्रदेश सुशासन केन्द्र, जावलाखेल, ललितपुरले प्रदेश र स्थानीय तहमा कार्यरत 65 जना अधिकृतस्तरका कर्मचारीहरू‌का लागि 3५ कार्यदिनको सेवाकालीन तालिमको शुभारम्भ गरेको छ । बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेटौडा परिसरमा रहेको केन्द्रको तालिम हलमा बागमती प्रदेश सरकारका विभिन्न निकायमा कार्यरत छैठौं तहका प्राविधिक तथा अप्राविधिक अधिकृतहरूका लागि संचालित "सार्वजनीक प्रशासन र विकास व्यवस्थापन " विषयक सेवाकालीन तालिमको समुद्‌घाटन भदौ ६ गते बागमती प्रदेश सरकारका प्रमुख सचिव श्री घनश्याम उपाध्यायले गर्नुभयो । साथै, बागमती प्रदेशमा पर्ने स्थानीय तहमा कार्यरत सातौं/ आठौं तहका अधिकृतहरूका लागि केन्द्रको जावलाखेलस्थित तालिम हलमाळ्संचालित "विकास व्यवस्थापन तथा सेवा प्रवाह" विषयक तालिमको शुभारम्भ बागमती प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रदेश सचिव श्री शिवराम गेलालबाट भयो। केन्द्रका कार्यकारी निर्देशक श्री गोपाल कृष्ण न्यौपानेले सुशासन, विकास र सेवाप्रवाहका लागि आवश्यक पर्ने ज्ञान, सीप र अनुभव अभिवृद्धिका लागि सेवाकालीन तालिम उपयोगी हुने विचार व्यक्त गर्नुभयो । दुवै सेवाकालीन तालीम असोजको दोस्रो हप्ता समापन हुनेछन् ।

प्रदेश सुशासन केन्द्र, जावलाखेलमा सेवाकालीन तालीमको समुद्घाटन
प्रदेश सुशासन केन्द्र, जावलाखेलमा सेवाकालीन तालीमको समुद्घाटन
प्रदेश सुशासन केन्द्र, हेटौडामा सेवाकालीन तालीमको समुद्घाटन
प्रदेश सुशासन केन्द्र, हेटौडामा सेवाकालीन तालीमको समुद्घाटन