Skip to main content
Submitted by bagamati on 25 August 2023
Provice
Type
Latest Updates

प्रदेश तथा स्थानीय शासन प्रणाली र प्रकृयाहरू एवं अन्तर सरकार सम्बन्ध सुदृढ गरी नागरिकहरूको लागि सहकारी संघीयताका लाभहरू अभिबृद्धि गराउने र प्रादेशिक तथा स्थानीय तहको क्षमता अभिबृद्धि गरी नागरिक सेवा र विकास व्यस्थापनलाई प्रभावकारी बनाउने प्रमुख उद्देश्य राखी सरकारी निकायहरूबाट सेवा प्रवाह भइरहेको छ । सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम ले  स्थानीय तह का सूचना प्रविधि अधिकृतहरूमार्फत स्थानीय तहहरुमा विद्दुतिय शासनको प्रयोग र प्रवर्द्धन गर्न सहयोग गर्दै आएको सूचना प्रविधि अधिकृतहरूले स्थानीय तहको वेबसाइट, इमेल सेवाहरू, विभिन्न प्रणालीहरू जस्तै राजस्व, SuTRA, विद्दुतिय भवन निर्माण अनुमति प्रणाली, डिजिटल प्रोफाइल आदिको सञ्चालनमा सहयोग गर्दै आएका छन् ।

group phot

स्थानीय तह मा सूचना सम्बन्धी प्रणालीलाई सुदृढ बनाउन सूचनाप्रविधि अधिकृतहरूको भूमिका महत्त्वपूर्ण छ, तसर्थ एक पालिका को सूचना प्रविधि अधिकृतहरूको सिकाइ र अनुभवहरूलाइ समीक्षा कार्यशाला मार्फत अन्य स्थानीय तह एवम् प्रदेश सरकार संग पुराउन आवश्यक रहेको सन्धर्भमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत संचालित प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको वार्षिक स्वीकृत कार्यक्रम अनुसार प्रदेश र स्थानीय तह बीच सूचना आदान प्रदानलाई प्रभावकारी बनाउन काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र रामेछाप जिल्ला स्थित स्थानीय तहहरुका  सूचना प्रविधि अधिकृतहरुसँग पहिलो चरण को एक दिने अन्तरकृया  कार्यक्रम धुलिखेल, काभ्रेपलाञ्चोक मा मिति २०८०/०५/०४ गते सम्पन्न भएको छ ।

कार्यक्रम मा  प्रदेश सचिव ज्यु ले सेवा प्रवाह मा सुचना प्रविधि को प्रयोग को महत्व को विषयमा प्रकास पार्नु भएको थियो ।  उक्त कार्यक्रम मा पालिका का सूचना प्रविधि अधिकृतहरुले 

पालिकामा सूचना प्रविधि सम्बन्धि क्षमता विकास का कार्यक्रम, असल अभ्यासहरु एवम् सफलताको कथाहरु , सामना गरेका चुनौतीहरू र समाधान का प्रयासहरु र भावी योजना र भिजन प्रस्तुत गर्नु भएको थियो ।

 

Tags