Skip to main content
Submitted by plgspadmin on 10 April 2025
Provice
Type
Notice

मधेश प्रदेश सरकार
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयको
प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम
प्रादेशिक कार्यक्रम सहयोग इकाई, जनकपुरधाम
नवप्रवर्तन साझेदारी कोष कार्यान्वयनका लागि अवधारणापत्र पेश गर्ने सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मितिः २०८१/१२/२८
 

मधेश प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको चालु आ.व. २०८१/८२ को नवप्रवर्तन साझेदारी कोष कार्यान्वयनका लागि नवप्रवर्तन साझेदारी कोष कार्यान्वयन निर्देशिका, २०७८ को दफा ५ बमोजिम यो सूचना प्रकाशन गरिएको छ। यो सूचना प्रकाशन भएको मितिले पन्ध्र दिनभित्र (मिति २०८२/०१/११ गते बिहिबार बेलुका ५०० बजेभित्र) मधेश प्रदेशभित्रका स्थानीय तहले निर्देशिकाको अनुसुची-५ अनुसारका विषय क्षेत्रमा परियोजना सञ्चालनका लागि अनुसूची-१ बमोजिमको ढाँचामा अवधारणापत्र तयार गरी पुष्ट्‌याईका कागजात महित Google Form: rb.gy/u9twbv र ईमेल ipf.plgspmadhesh@gmail.com दुवैमार्फत आवेदन पेश गर्न हुन अनुरोध गरिन्छ ।

यस सम्बन्धी थप जानकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेबसाइट mofaga.gov.np (यसै साथ संलग्न समेत) समा रहेका नवप्रवर्तन साझेदारी कोष कार्यान्वयन निर्देशिका, २०७८ मार्फत प्राप्त गर्न सकिने छ ।

थप जानकारीका लागिः

  • सम्पर्क व्यक्तिको नाम सम्पर्क नम्वर जय कुमार राउत-९८५४०२८९७३
  • सजेश राज नेपाल-९८४२१९०३९९

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय
मधेश प्रदेश

 

Tags