Skip to main content
Submitted by madhesh on 3 May 2023
Provice
Type
Latest Updates

मिति २०७९ चैत्र २७ देखि २९ गते सम्म मधेश प्रदेश सरकारको आन्तरिक प्रणाली दिग्दर्शन, २०७९ र मधेश प्रदेश सरकारको वित्तीय सुशासन जोखिम मुल्यांकन कार्यविधि २०७९ सम्बन्धी अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो । यी दुबै दस्तावेजहरू प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (PLGSP) को अग्रसरतामा तयार भई प्रदेश सरकारले स्वीकृत गरी राजपत्रमा प्रकाशित गरेको छ । यी दस्तावेजहरूका तयारीमा संलग्न रहनु भएका यसै प्रदेशका सचिव र उपसचिवज्यूहरुबाट यो कार्यक्रमको सहजिकरण भएको थियो ।

कार्यक्रमका सहभागीहरु

यो कार्यक्रममा पहिलो र दोश्रो दिन सूचना तथा प्रविधि शाखा प्रमुख, आर्थिक प्रशासन प्रमुख र जिन्सी शाखा प्रमुखहरु र तेश्रो दिन मन्त्रालय/कार्यालय प्रमुख र योजना शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।

चित्र नं. १: प्रदेश सचिवज्यू प्रस्तुतिकरण गर्नुहुँदै
चित्र नं. १: प्रदेश सचिवज्यू प्रस्तुतिकरण गर्नुहुँदै

कार्यक्रमको उद्देश्य

यो कार्यक्रमको उदेश्यहरु निम्नानुसार रहेका थिए ।

  • सार्वजनिक निकायको कार्य संचालन सुव्यवस्थित, नैतिक, मितव्ययी, कार्यकुशल र प्रभावकारीरुपमा कार्यान्वयन गर्ने; जवाफदेहीताको अभिबृद्धि गर्ने; सम्बन्धित प्रचलित ऐन कानूनको परिपालना गर्ने/गराउने र साधन श्रोतको दुरुपयोग, क्षति र नोक्सानी हुनबाट बचाउने जस्ता बिषयमा सहभागीहरूले बुझ्ने र कार्यान्वयन गर्ने तर्फ उन्मुख हुनेछन्;
  • वित्तिय प्रतिवेदनको विश्वसनीयता अभिबृद्धि गर्ने र प्रभावकारिता अभिवृद्धि गर्ने; प्रतिबेदन सही र पूर्ण भएको सुनिश्चित गर्ने; भरपर्दो तथा समयतालिका अनुसार वित्तीय प्रतिबेदन र व्यवस्थापकिय सूचना उपलब्ध गराउने र जनतालाई पुर्याउने सेवामा समतामूलक पहूँच, गुणस्तरीय सेवा र प्रणालीमा सुधार गर्ने बिषयहरूमा सहभागीहरू स्पष्ट हुनेछन्;
  • प्रदेश सरकारको वित्तीय सुशासनको स्थिति पहिचान गर्न सक्नेछन् र प्रदेश सरकारको मन्त्रालय र निकायहरुको वित्तिय जोखिम न्यूनीकरण कार्ययोजना तयार गरी सार्वजनिक वित्तिय व्यवस्थापनमा सुधार ल्याउनेछन्;
  • बेरुजु कम गर्ने कार्यको थालनी गर्नेछन् ।
चित्र नं. २: प्रदेश लेखा नियन्त्रकज्यू मधेश प्रदेश सरकारको वित्तीय सुशासन जोखिम मुल्यांकन कार्यविधि २०७९ को सूचकहरुको बारेमा प्रस्तुतिकरण गर्नुहुँदै
चित्र नं. २: प्रदेश लेखा नियन्त्रकज्यू मधेश प्रदेश सरकारको प्रस्तुतिकरण

कार्यक्रमको अपेक्षित उपलब्धिहरू

  • सुचकहरुका आधारमा प्रदेश सरकारको मन्त्रालय तथा सार्वजनिक निकायहरुको वास्तविक वित्तीय जोखिमको अवस्था जानकारी हुनेछ;
  • प्रदेश सरकारको मन्त्रालय तथा सार्वजनिक निकायहरुको आन्तरिक नियन्त्रण प्रणाली कार्यविधि बनाई लागू गर्नेछन् ।

कार्यक्रमको व्यवस्थापन

यो कार्यक्रमको खर्च PLGSP को बजेटबाट व्यवस्था गरिएको थियो । यो कार्यक्रम High Speed ईन्टरनेटको सुविधायुक्त सभाहलमा बिहानको १० बजे देखि साँझको ५ बजे सम्म ३ दिन सम्म संचालन गरिएको थियो । पहिलो र दोश्रो दिन मधेश प्रदेशको प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश सभा सचिवालय, सबै मन्त्रालयहरू, ३ वटा आयोगहरू, प्रदेश लेखा नियन्त्रक कार्यालय र प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको सहभागीहरूलाई अभिमुखिकरण गराईएको थियो । तेश्रो दिन यिनै कार्यालयका कार्यालय प्रमुख र योजना शाखा प्रमुखहरुलाई अन्तरक्रियात्मक कार्यक्रम गराईएको थियो ।

चित्र नं. ३: प्रदेश सचिवज्यू मधेश प्रदेश सरकारको आन्तरिक नियन्त्रण प्रणाली तर्जुमा दिग्दर्शन २०७९ को व्यवस्थाको बारेमा प्रस्तुतिकरण गर्नुहुँदै
चित्र नं. ३: प्रदेश सचिवज्यू मधेश प्रदेश सरकारको प्रस्तुतिकरण 

 

 

पहिलो दिनको पहिलो र दोश्रो सत्रमा मधेश प्रदेश सरकारको आन्तरिक नियन्त्रण प्रणाली तर्जुमा दिग्दर्शन २०७९  र मधेश प्रदेश सरकारको वित्तीय सुशासन जोखिम मुल्यांकन कार्यविधि २०७९ को बारेमा विस्तृत रूपमा छलफल गरिएको थियो । तेश्रो र चौथो सत्रमा यस कार्यविधिमा राखिएका सूचकहरु बिश्लेषण गरिएको थियो । दोश्रो दिनको पहिलो, दोश्रो र तेश्रो सत्रमा सूचकहरु बिश्लेषण गरी चौथो सत्रमा कार्यालयगत रुपमा कार्यविधिको आधारमा Google Sheet मा तयार गरिएको सूचकहरुमा Online अभ्यास गराईएको थियो र अभ्यासको नतिजा बारे छलफल गरी र कार्यक्रम समापन गरिएको थियो ।

चित्र नं. ४: उपसचिव तथा प्रादेशिक कार्यक्रम व्यवस्थापकज्यू कार्यक्रमको पहिलो र दोश्रो दिनको अभिमुखिकरणको बारेमा तथा यस कार्यक्रमको बारेमा कार्यालय प्रमुखज्यूहरुलाई जानकारी दिनुहुँदै
उपसचिव तथा प्रादेशिक कार्यक्रम व्यवस्थापकज्यू कार्यक्रमको जानकारी दिनुहुँदै

 

 

तेश्रो दिनको पहिलो सत्रमा मधेश प्रदेश सरकारको आन्तरिक नियन्त्रण प्रणाली तर्जुमा दिग्दर्शन २०७९मधेश प्रदेश सरकारको वित्तीय सुशासन जोखिम मुल्यांकन कार्यविधि २०७९ को प्राबधान, मुल्यांकनका सूचकहरु र अभ्यासको बारेमा अन्तरक्रिया/छलफल गरिएको थियो । सबै कार्यालय प्रमुखहरूलाई आ-आफ्नो मन्त्रालय तथा निकायहरुले आन्तरिक नियन्त्रण प्रणाली कार्यविधि/निर्देशिका तयार गर्नुपर्ने र वित्तीय सुशासन जोखिम मुल्यांकन गराउने विषयमा प्रदेश सचिव तथा प्रादेशिक कार्यक्रम निर्देशकज्यूले अनुरोध गर्नु भएको थियो ।