Skip to main content
Submitted by bagamati on 23 March 2023
Provice
Type
Latest Updates

मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाई, बागमती को  आयोजनमा मिति २०७९/१२/०९  कानुन निर्माण प्रक्रियाका सम्बन्धमा प्रदेश सभाका माननीय सदस्यबीच अन्तरक्रिया कार्यक्रम सपन्न ।

​shivaram sir

चित्र १‚ कार्यक्रम सहजिकरण‚ शिब राम गेलाल सचिब मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय

मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको आयोजनामा संचालन भएको कार्यक्रम शासकिय सुधार महाशाखाका प्रमुख तथा सचिव श्री शिब राम गेलालज्यूले समग्र कार्यक्रम संचालन गर्नु भएको थियो । कार्यक्रमको सभाध्यक्ष  माननीय सभामुख श्री भुवन कुमार पाठकज्यू ले गर्नु भएको थियो भने प्रमुख अतिथि माननीय मुख्यमन्त्री श्री शालिकराम जम्कट्टेलज्यू हुनुहुन्थ्यो । कार्यक्रमका बागमती प्रदेश सरकारका मानानीय मन्त्री ज्यूहरु क्रमश माननीय मन्त्री जगन्नाथ थपलियाज्यू, आर्थिक मामिला तथा योजना मन्त्रालय, माननीय मन्त्री गंगानारायण श्रेष्ठज्यू,  आन्तरिक मामिला तथा कानून मन्त्रालय, माननीय मन्त्री कुमारी मुक्तानज्यूसामाजिक विकास मन्त्रालय, माननीय मन्त्री युवराज दुलालज्यू,   भौतिक पूर्वाधार विकास मन्त्रालय, माननीय मन्त्री केशवप्रसाद पोखरेलज्यू,  कृषि तथा पशुपन्छी विकास मन्त्रालय, मानननीय मन्त्री रामेश्वर श्रेष्ठज्यू , स्वास्थ्य मन्त्रालय तथा माननीय मन्त्री एका लाल श्रेष्ठज्यू,   श्रम, रोजगार तथा यातायात मन्त्रालय समेतको सहभागीतामा प्रदेश सभाका अन्य माननिय सदस्यहरु, मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका प्रमुख सचिब, तथा प्रदेश मन्त्रालयका सचिबज्यूहरुको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रम उद्घाटन मुख्य मन्त्रीज्यूले गर्नु भयो भने बागमती प्रदेश सरकारका मुख्य सचिब मुकुन्द प्रसाद निरौलाले सहभागीहरुलाइ स्वागत गर्दै सैदान्तिक ज्ञानलाइ ब्यबहारिक ज्ञानको रुपमा लैजानको लागि सभासदहरुको महत्वपुर्ण भुमिका रहने बिचार ब्यक्त गर्नु भयो ।उहाँले कार्यक्रमको उदेश्य माथी प्रकाश पार्दै शिष्टचार पालन प्रदेश तहमा कानुन निर्माण प्रक्रिया तथा नेपालको कानुन निर्माण प्रक्रियाका पक्षहरु बारे सम्बन्धित बिषय बिज्ञ द्धारा सहजिकरण गर्ने जानकारी दिनु भयो ।

कार्यक्रमको सफलताको शुभकामना सहित आफ्नो मन्तब्य दिदै मुख्यमन्त्री शालिकराम जम्कट्टेल ज्यूले यस कार्यक्रम बाट कानुन निर्माण कसरी र किन हुन्छ भन्ने बिषयमा सभासद ज्यूहरुलाइ थप जानकारी हुने बिस्वास व्यक्त गर्नु भयो। संबिधानले दिएका अधिकार प्रयोग गरेर बिभिन्न मन्त्रालयहरुले आबस्यकता

mukunda sir speech

चित्र २ सहभागीहरुलाइ स्वागत प्रमुख सचिबमुकुन्द प्रसाद निरौला मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय

अनुसार कानुन बनाउनु पर्ने हुन्छ । कानुन बनाउने ब्यबस्थापिकाले हो ।ब्यबस्थापिकामा कानुन प्रबेश गरि सकेपछि त्यसलाइ पुर्णता दिने बिषयमा सभासदज्यूहरुको महत्वपुर्ण भुमिका रहन्छ । प्रदेश सभा बाट पास भएका सबै कानुनको बारेमा माननिय ज्यूहरुले जानकारी राख्नु पर्दछ । हामीले जनता संग प्रतिबद्धता गरेर आएका छौ । ति प्रतिबद्धता पुरा गर्नको लागि पनि जनमुखी कार्य गर्न आबस्यक रहन्छ । बागमती सरकारको लक्ष पनि यही रहेको छ । सरकारले बनाएका कानुनहरुको अबस्था के छ त्यो बिषयमा पनि बिज्ञहरु संग छलफल गरि निचोडमा पुगौ । उहाले संभब भए सम्म परम्परागत रुपमा रहेका प्रकृयालाइ छोटो रुपमा जान सकिन्छ भने त्यो बिषयमा पनि सोच्न आबस्यक भएको उल्लेख गर्नु भयो । समुद्‌घाटन सत्रको समापन गर्दै बागमती प्रदेश सभाका माननीय सभामुख भुवन कुमार पाठकज्यूले जनताको प्रत्यक्ष समस्याको समाधान गर्ने खालको कानुन बनाउनु पर्ने बिचार ब्यक्त गर्नु भयो । शिष्टाचारका सामान्य प्रक्रिया पुर्याउदा ख्याल गर्नु पर्ने बिषय पनि सभासदहरुको लागि आबस्यक रहेको भन्दै समुद्‌घाटन सत्र समापन गर्नु भयो ।