Skip to main content
Submitted by plgspadmin on 31 January 2023
Provice
Type
Notice

मितिः २०७९/१०/१७

श्री स्थानीय तहहरू, सबै ।

विषय: सूचना प्रविधि अधिकृतको पारिश्रमिकको सोधभर्ना माग गर्ने सम्बन्धमा ।

प्रस्तुत सन्दर्भमा यस कार्यक्रमबाट परिपत्र भएको प.सं. २०७८/७९ च. नं. ४८४ को पत्र प्राप्त भएकै छ । सोही अनुसार चालु आर्थिक बर्ष २०७९/८० को लागि प्रत्येक स्थानीय तहमा बार्षिक रू. ३,८०,९४२/- विनियोजन भएकोले २०७९ माघ मसान्तसम्मको पारिश्रमिक सोधभर्नाको लागि संलग्न नोटमा उल्लिखित विवरण भरी यही माघ २५ गतेभित्र यस कार्यक्रम समन्वय इकाई (PCU) मा पठाउनुहुन अनुरोध गर्दछु । साथै उक्त पारिश्रमिकमा सम्बन्धित स्थानीय तहले थप अन्य सेवा सुविधा दिने गरी निर्णय भएमा प्रचलित कानून बमोजिम यस कार्यक्रमलाई थप आर्थिक दायित्व नपर्ने गरी थप रकम भुक्तानी दिन बाधा नभएको व्यहोरा समेत अनुरोध छ ।

नोट:

  • सूचना प्रविधी अधिकृतहरूले निजको (१) करार नविकरण पत्र वा सम्झौता पत्र, (२) बैङ्क विवरण (स्थानीय तहहरूको विविध खाता नं.),  (३) प्रमाणित हाजिर लागायत विवरण sthaniya.gov.np/ito_info  मा प्राप्त हुने प्रणाली मार्फत प्रविष्टी गर्नुपर्नेछ।