Skip to main content
Submitted by plgspadmin on 13 December 2024
Provice
Type
Notice

मितिः २०८१/०८/२८

श्री स्थानीय तह (सबै),

विषयः सूचना प्रविधि अधिकृतको सेवा करार सम्बन्धमा ।

प्रस्तुत विषयमा प्रदेश, जि.स.स. र स्थानीय तहका सूचना व्यवस्थापन प्रणाली सुधार गर्ने, अन्तरआवद्धता विकास गर्ने र प्राविधिक सेवा सुनिश्चित गर्न तथा सूचना तथा सेवामा आम जनताको पहुँच वृद्धि गर्दै विधुतीय शासनको राष्ट्रिय निति तथा लक्ष्यलाई स्थानीकरण गर्ने उद्देश्यका साथ यस कार्यक्रम र सम्वन्धित स्थानीय तहको स्रोत साझेदारीमा हाल सबै स्थानीय तहमा सूचना प्रविधि अधिकृतहरु कामकाज गर्दै आईरहनुभएको व्यहोरा विदितै छ।

चालु आर्थिक वर्ष २०८१/८२ मा यसलाई निरन्तरता दिँदै लागत साझेदारीका लागि आवश्यक रकम (नेपाल सरकार, अधिकृतस्तरको आधारभूत पारिश्रमिकको ७५% ले हुने रकम) विनियोजन LMBIS मा समेत भईसकेको व्यहोरा जानकारीका लागि अनुरोध छ । त्यसैले हाल कार्यरत रहेका सूचना प्रविधी अधिकृतहरूको कार्य सम्पादनको मुल्याङ्कनको आधारमा आ.व. २०८१/८२ को करार नवीकरण गरि यस कार्यालयमा जानकारी गराउन हुन अनुरोध छ ।