Provice
              
          Type
              Notice
          श्री स्थानीय तहहरू, सबै ।
विषय: सूचना प्रविधि अधिकृतको पारिश्रमिकको सोधभर्ना माग सम्बन्धमा ।
प्रस्तुत सन्दर्भमा तहाँ यस कार्यक्रमबाट परिपत्र भएको प.सं. २०७८/७९ च. नं. ४८४ को पत्र प्राप्त भएकै छ । सोही अनुसार चालु आर्थिक बर्ष २०७९/८० को लागि प्रत्येक स्थानीय तहमा बार्षिक रू. ३,८०,९४२/- विनियोजन भएकोले २०७९ फागुन देखि असार मसान्तसम्मको पारिश्रमिक सोधभर्नाको लागि संलग्न नोटमा उल्लिखित विवरण भरी यही असार १५ गतेभित्र यस कार्यक्रम समन्वय इकाई (PCU) मा पठाउनुहुन अनुरोध गर्दछु । साथै उक्त पारिश्रमिकमा सम्बन्धित स्थानीय तहले थप अन्य सेवा सुविधा दिने गरी निर्णय भएमा प्रचलित कानून बमोजिम यस कार्यक्रमलाई थप आर्थिक दायित्व नपर्ने गरी थप रकम भुक्तानी दिन बाधा नभएको व्यहोरा समेत अनुरोध छ ।
नोट:
- सूचना प्रविधी अधिकृतहरूले निजको १) करार नविकरण पत्र वा सम्झौता पत्र, (२) बैङ्क विवरण (स्थानीय तहहरूको विविध खर्च खाता नं.), (३) प्रमाणित हाजिर लागायत विवरण https://sthaniya.gov.np/ito_info/ मा प्राप्त हुने प्रणाली मार्फत प्रविष्टी गर्नुपर्नेछ ।