पूर्व सूचना प्रणाली विवरण
घरधुरी संख्या : २ हजार ५ सय
जनसंख्या : १३ हजार ५ सय
आर्थिक सहयोग : युनिसेफ तथा तिलाठी कोइलाडी गाउँपालिका
कार्यक्रम : बाल केन्द्रीत विपद् जोखिम न्यूनिकरण कार्यक्रम(CCDRR)
प्रणाली जडान : खाँडो खोला, सप्तरी
प्रणालीको नाम : समुदायमा आधारित बाढी पूर्व सूचना प्रणाली(CBFEWS)
प्राविधिक सहयोग : ईसिमोड र सबल नेपाल राजविराज
फाइदाहरू
- बाढी सम्बन्धी सूचना समुदायले अढाई घण्टा अगावै पाउने गरेको
- बाढीबाट हुने धनमालको क्षतिमा कमी
- बाढीबाट प्रभावित हुने बजार तथा अन्य सरोकारवाला निकायहरुमा क्षति न्यून भएको
- पूर्व सूचनाले समयमै सतर्क रहन मद्दत पुर्याएको
- बाढी आउनु पूर्व परिवारका सदस्यहरु सुरक्षित स्थानमा जान सक्ने
- बाढी आउनु पूर्व आफ्ना बहुमूल्य सामानहरु सुरक्षित ठाउँमा राख्न सक्ने
- यस प्रणालीबाट सिमावर्ति भारतको तीन वटा गाउँ कुनौली, कमलपुर र डंगमाराका ५७ वटा वडाका बासिन्दा समेत लाभान्वित भएको ।