प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (PLGSP) को पुनर्संरचना तथा नयाँ परिवेशमा re-programming को लागि नीतिगत स्पष्टता एवम् मार्गदर्शनका लागि मिति २०७९ फाल्गुन २ गते सरोकारवालासँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह-सचिव तथा PLGSP कार्यक्रमका राष्ट्रिय कार्यक्रम निर्देशक श्री बलराम रिज्याल ज्यू को संयोजकत्वमा बसेको उक्त बैठकमा प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर-पश्चिम प्रदेशका PLGSP हेर्ने प्रदेश सचिव तथा प्रदेश कार्यक्रम निर्देशक, PLGSP कार्यक्रम सम्बन्धित विकास साझेदार, विभिन्न संघिय मन्त्रालयका प्रतिनिधि, नगरपालिका/ गाउँपालिका संघ तथा जि.स.स. महासंघका प्रतिनिधी, र PLGSP कार्यक्रमका कार्यक्रम व्यवस्थापक लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो।

