Skip to main content
Submitted by plgspadmin on 5 August 2022
Provice
Type
Notice

श्री स्थानीय तह (सबै),

विषयः सूचना प्रविधि अधिकृतको सेवा करार सम्बन्धमा ।

प्रस्तुत विषयमा स्थानीय तहबाट प्रदान गरिने सेवा प्रवाहलाई छीटो, छरितो र चुस्त बनाउन तथा सूचना तथा सेवामा आम जनताको पहुँच वृद्धि गर्दै विद्युतीय शासनको राष्ट्रिय निति तथा लक्ष्यलाई स्थानीकरण गर्ने उद्देश्यका साथ यस कार्यक्रम र सम्बन्धित स्थानीय तहको स्रोत साझेदारीमा हाल सबै स्थानीय तहमा सूचना प्रविधि अधिकृतहरु कामकाज गर्दै आईरहनुभएको व्यहोरा विदितै छ।

आगामी आर्थिक वर्षमा यसलाई निरन्तरता दिदै लागत साझेदारीका लागी आवश्यक रकम (अधिकृतस्तरको आधारभूत पारिश्रमिकको ७५% ले हुने रकम) विनियोजन समेत भईसकेको व्यहोरा जानकारीका लागि अनुरोध छ । यस अवस्थामा कतिपय स्थानीय तहबाट आगामी आर्थिक वर्ष २०७९/८० को साउन महिना देखि कर्मचारीको सेवा करार भङ्ग गर्ने निर्णय भइरहेको जस्ता गुनासा प्राप्त भएकोले बिना कुनै आधार यसरी लागत साझेदारीमा कार्य गरिरहेका कर्मचारीको करार भङ्ग गर्दा यस कार्यक्रम र स्थानीय तहलाई सहजीकरण भइरहेको कार्यमा प्रतिकूल असर पर्ने हुनाले हाल कार्यरत रहेका सूचना प्रविधी अधिकृतहरूको कार्य सम्पादनको मुल्याङ्कनको आधारमा आ.व. २०७९/८० को करार नवीकरण गरि यस कार्यालयमा जानकारी गराउन हुन अनुरोध छ ।

लामो समयदेखि यस कार्यक्रमबाट क्षमता विकास गरी कार्य गराइरहेका र लगानी समेत यथेष्ट भएको जनशक्तिको परिचालन गरी सेवा प्रवाह र सुशासन प्रवर्द्धन गर्नुपर्ने कार्यमा नीजहरूको सेवाको निरन्तरताले स्थानीय तह लाभान्वित हुने विश्वास समेत यस कार्यक्रमकले लिएको व्यहोरा अनुरोध छ ।