Skip to main content
Submitted by plgspadmin on 28 July 2022
Provice
Type
Other

कोसी अनलाइन- शनिबार, ११ पुष, २०७७

विराटनगर / प्रदेश १ अन्तर्गतका कार्यालयहरूका आर्थिक प्रशासन शाखामा कार्यरत कर्मचारीहरूलाई सरकारी लेखाङ्कन प्रणालीबारे क्षमता अभिबृद्धि तालिम सञ्चालन भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तर्गतको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम कार्यान्वयन इकाईले प्रदेश लेखा नियन्त्रक कार्यालयको सहयोगमा तालिम सञ्चालन गरेको हो ।

विराटनगरमा ४ दिनसम्म सञ्चालन हुने तालिमको उद्घाटन मुख्यमन्त्री तथा मन्त्री परिषद्काको कार्यालयका प्रमुख सचिव दिनेश भट्टराईले गरे । तालिममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रशासकिय सुधार महाशाखाका सचिव सरोजप्रसाद गुरागाइँ,आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव उत्तरकुमार खत्री, प्रदेश लेखा नियन्त्रण कार्यालयका प्रमुख दामोदर खत्रीलगायतले तालिमका बारेमा जानकारी गराएका थिए ।

तालिममा प्रदेशका विभिन्न कार्यालयमा कार्यरत लेखा अधिकृत, लोखापाल, सह–लेखापाल गरी ३१ जनाको सहभागिता छ ।

Link to news:

  • कोसी अनलाइन- शनिबार, ११ पुष, २०७७ः https://www.koshionline.com/2020/12/26/244717.html?fbclid=IwAR3tXAxH90KYkSh7kjvEhByiwygzdjCYHqms9nO100DoImTyavpaiZcY_pA
  • खबर पूर्वाञ्चल, ११ पुष २०७७, शनिबार https://khabarpurwanchal.com/2020/12/26/46737/?fbclid=IwAR3kmiljpgqnjCxR2Dp_1l6ltj-5S9xCDeeFpHTyycQTjY-NaomuP-WPXoU