Skip to main content
Submitted by plgspadmin on 12 August 2026
Provice
Type
Notice

मिति : २०८३/०४/२७

श्री स्थानीय तह (सबै) ।

विषयः सूचना प्रविधि अधिकृत (IT Officer) सेवा करार सम्बन्धमा ।

स्थानीय तहबाट प्रदान गरिने सेवा प्रवाहलाई छिटो, छरितो र चुस्त बनाउने तथा सार्वजनिक सेवामा आम जनताको पहुँच वृद्धि गर्दै विद्युतीय शासनको राष्ट्रिय नीति तथा लक्ष्यलाई स्थानीयकरण गर्ने उद्देश्यका साथ यस PLGSP कार्यक्रम र स्थानीय तहको लागत साझेदारीमा सबै स्थानीय तहमा सूचना प्रविधि अधिकृतहरुको सेवा करार गरी परिचालनको सहजतका लागि “स्थानीय तहमा सूचना प्रविधि अधिकृत परिचालन सम्बन्धी कार्यविधि, २०८२" कार्यान्वयनमा रहेको व्यहोरा विदितै छ ।

विगतदेखिको लागत साझेदारीलाई चालु आर्थिक वर्ष २०८३/८४ का लागि समेत निरन्तरता दिईएको र नेपाल सरकारले निर्धारण गरेको अधिकृत स्तर सातौं तहको शुरु तलब स्केलको ७५ प्रतिशतले हुन आउने चाडपर्व खर्च सहित १३ महिनाको रकम र पोशाक भत्ता बापतको रकम स्थानीय तहले पेश गरेको विवरणका आधारमा कार्यविधि बमोजिम दुई किस्तामा सोधभर्ना हुने हुनाले यस सम्बन्धमा तपसिल बमोजिम गर्नु गराउनुहुन निर्णयानुसार अनुरोध छ।

तपसिल

  • अस्थायी दरबन्दी स्वीकृत गराएर मात्र प्रचलित कानून बमोजिम सेवा करार गर्नुपर्ने। कार्यरत सूचना प्रविधि अधिकृतको हकमा कार्यसम्पादन मूल्याङ्कनका आधारमा नयाँ सम्झौता गरी कामकाजमा लगाउन सकिने ।
  • स्पष्ट जिम्मेवारी र कार्यविवरण सहित कामकाजमा लगाउनुपर्ने। कार्यविधिले तोकेबमोजिम हरेक ६/६ महिनामा (वर्षमा २ पटक) कार्यसम्पादन मूल्याङ्कन गरी तोकिएको ढाँचा र प्रणालीमार्फत पठाउनुपर्ने ।
  • माथी उल्लेख भएको सेवा सुविधा बाहेक सम्बन्धित स्थानीय तहले अन्य भत्ता तथा थप सेवा सुविधा प्रदेश तथा स्थानीय तहको कानून बमोजिम उपलब्ध गराउन सक्ने तर यसको सम्पूर्ण आर्थिक दायित्व सम्बन्धित स्थानीय तहकै हुने। मासिक सेवा सुविधा लगायतका विवरण करार सम्झौतामा स्पष्ट रुपमा उल्लेख गर्नुपर्ने ।
  • करार सम्झौता भएको मितिले १५ दिनभित्र अनुसूची १ बमोजिमको विवरण यस कार्यालयमा कार्यालयमा पठाउनुपर्ने।

(निरोज घिमिरे)

प्रशासकीय अधिकृत्त