Skip to main content
Submitted by plgspadmin on 7 March 2025
Provice
Type
Notice

मितिः २०८१/११/२२

श्री स्थानीय तह, (सबै)

विषय: सूचना प्रविधि अधिकृतको करार र पारिश्रमिक सम्बन्धमा

उपरोक्त विषयमा यस कार्यलयबाट मिति २०८१/०८/२८ (च.नं. १३१) को ‘सूचना प्रविधि अधिकृतको सेवा करार सम्बन्धमा’ प्राप्त पत्रानुसार तहाँ स्थानीय तहमा कार्यरत सूचना प्रविधि अधिकृतको आधारभूत पारिश्रमिक, चाडपर्व तथा पोशाक भत्ता बापत वर्षिक प्राप्त गर्ने रकममा यस कार्यक्रमबाट विगत वर्ष देखि नै साझेदारी गरि सोधभर्ना पठाइएको व्यहोरा विदितै छ । सोही अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा समेत यस कार्यक्रमबाट अधीकतम ४,३६,५००/- (अक्षरेपी रू चार लाख छत्तिस हजार पाँच सय) सोधभर्ना गरिने तय भएकोले, संलग्न स्विकृत ‘सोध भर्ना बापत पठाईने रकम सम्बन्धी शर्त’ (यसै साथ संलग्न) को अधिनमा रहि २०८१ माघ मसान्तसम्मको पारिश्रमिक तथा चाडपर्व बापत रकम सोधभर्नाको लागि उल्लेखित विवरण यही २०८१ फाल्गुुन मसान्त भित्र, यस कार्यक्रमको प्रदेश कार्यक्रम सहयोग ईकाई (PPSU) मा पठाउनु हुन आदेशानुसार अनुरोध गर्दछु।

(सुनिल प्रसाद केशरी)
प्रशासकीय अधिकृत

बोधार्थः

  • श्री सूचना प्रविधि विश्लेषक, कार्यक्रमको प्रदेश कार्यक्रम सहयोग ईकाई (PPSU), सबै प्रदेश- सम्बन्धित प्रदेश अन्तर्गतका स्थानीय तहका सूचना प्रविधि अधिकृतहरुको विवरण रूजु गरि संलग्न ढाँचामा अन्तिम विवरण पठाउनुहुन ।
  • श्री सूचना तथा  प्रविधि शाखा, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय- मन्त्रालयको Website मा Upload गरिदिनुहुन ।

नोट:

  • सूचना प्रविधी अधिकृतहरूले निजको करार नियुक्ती/नविकरण पत्र वा सम्झौता पत्र, बैङ्क विवरण, प्रमाणित हाजिर लागायत विवरण https://sthaniya.gov.np/ito_info/ मा प्राप्त प्रणाली मार्फत प्रविष्टी गर्नुपर्नेछ।