Skip to main content
Submitted by bagamati on 11 January 2024
Provice
Type
Latest Updates

भीमेश्वर नगरपालिकाले नीतिगत व्यवस्था, संरचनागत व्यवस्था गर्नुको साथै फोहर व्यवस्थापनमा भीमेश्वर नगरपालिका वडा नं ६ रामकोटमा सरसफाइ केन्द्रको स्थापना गरी सरोकारवाला निकायसँगको समन्वय र सहकार्यमा सरसफाइलाई प्रवर्द्धन गरिरहेको छ । सररसफाई केन्द्रका लागि यातायात सुचारु गर्न सडक निर्माण र स्तरोन्नती, आवश्यक भवन लगायतका अन्य संरचना / पुर्वाधारको व्यवस्थापन, जनशक्ति र प्रविधिको संयोजन मार्फत सरसफाइको कार्य भइरहेको छ ।फोहर व्यवस्थापन एक व्यक्ति, एक संस्थाबाट वा सरकारबाट मात्र सम्भवको विषय होइन । यसमा विभिन्न सरोकारवाला निकायहरूको उत्तिकै भूमिका अपरिहार्य रहेको छ । सरोकारवालाहरूको समन्वयात्मक र सार्थक प्रयासबाट मात्र फोहर व्यवस्थापन सम्भव रहेको छ ।

भीमेश्वर नगरपालिकामा फोहर व्यवस्थापन र सरसफाइ प्रवर्धनमा सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहेको छ । भीमेश्वर नगरपालिकालाई सरसफाइ प्रवर्द्धन गर्नु चुनौतिको रुपमा रहेको अवस्थामा वागमती प्रदेश सरकारबाट नवप्रवर्तन साझेदारी कोष (IPF) अन्तर्गत सरसफाइ केन्द्र निर्माण परियोजना मार्फत भीमेश्वर नगरपालिकालाई सहयोग प्राप्त भएपछि सिमपानी सामुदायिक वन उपभोक्ता समूह र स्थानीय समुदायको समन्वयमा सरसफाइ केन्द्रको स्थापना, सुदृढीकरण र व्यवस्थापनमा सहजता भएपछि फोहर व्यवस्थापनमा नयाँ उपलव्धी हासिल भएको छ । सरसफाइ केन्द्रमा भौतिक पूर्वाधार विकास तथा प्रविधि जडान गरी फोहर व्यवस्थापन कार्य सञ्चालन भइरहेको छ ।हाल यस सरसफाइ केन्द्रलाई सरसफाई ज्ञान केन्द्रको रुपमा विकसित गरी थप सुदृढीकरणका साथ फोहर व्यवस्थापन कार्य सञ्चालन भइरहेको छ