Skip to main content
Submitted by plgspadmin on 4 January 2024
Provice
Type
Notice

मितिः २०८०/९/१८

श्री स्थानीय तहहरू, सबै । 

विषय: सूचना प्रविधि अधिकृतको पारिश्रमिक सोधभर्ना माग गर्ने सम्बन्धमा । 

तहाँ स्थानीय तहमा कार्यरत सूचना प्रविधि अधिकृतको आधारभूत पारिश्रमिक, चाडपर्व तथा पोशाक भत्ता बापत वर्षिक प्राप्त गर्ने रकममा यस कार्यक्रमबाट विगत वर्ष देखि नै साझेदारी गरि सोधभर्ना पठाइएको व्यहोरा विदितै छ । सोही अनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा समेत यस कार्यक्रमबाट अधीकतम रू. ३,८१,०००।०० सोधभर्ना गरिने तय भएकोले, २०८० पौष मसान्तसम्मको पारिश्रमिक तथा चाडपर्व बापत रकम सोधभर्नाको लागि संलग्न ढाँचा अनुसारको विवरण भरी यही २०८० पौष मसान्त भित्र, यस कार्यक्रमको प्रदेश कार्यक्रम कार्यान्वयन ईकाई (PPIU) मा पठाउनु हुन आदेशानुसार अनुरोध गर्दछु ।

नोट:
सूचना प्रविधी अधिकृतहरूले निजको करार नविकरण पत्र वा सम्झौता पत्र, बैङ्क विवरण, प्रमाणित हाजिर लागायत विवरण https://sthaniya.gov.np/ito_info/ मा प्राप्त प्रणाली मार्फत प्रविष्टी गर्नुपर्नेछ।

बोधार्थः
श्री सूचना प्रविधि तथा विद्युतीय शासन विज्ञ, PPIU सबै प्रदेश: सम्बन्धित प्रदेश अन्तर्गतका स्थानीय तहका सूचना प्रविधि अधिकृतहरुको विवरण रूजु गरि संलग्न ढाँचामा अन्तिम विवरण पठाउनुहुन ।

Tags