प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाई, सुर्खेत र प्रदेश लेखा नियन्त्रक कार्यालयको आयोजनमा मिति २०७९/११/२५ देखि २०७९/१२/१५ सम्म ७(सात) समूहमा संचालन भईरहेको ३/ ३ दिने कर्णाली प्रदेश सरकारको मन्त्रालयगत बेरुजु न्यूनीकरण सम्बन्धी कार्याशलामा दोस्रो समूहको रुपमा सामाजिक विकास मन्त्रालय र यस अन्तर्गतका प्रदेशस्तरिय कार्यालयका सहभागी लेखा प्रमुख तथा लेखाका कर्मचारीहरु । यस कार्याशालाबाट प्रदेश सरकारको कर्णाली प्रदेश बेरुजु ब्यवस्थापन सूचना प्रणालीको प्रभावकारी संचालन, प्रणालीमा बेरुजुको अभिलेखिकरण र बेरुजु व्यवस्थापन गर्न आवश्यक ज्ञान तथा सिपको अभिवृद्धि भई बेरुजु न्यूनीकरण हुन जाने अपेक्षा गरिएको छ ।

