Skip to main content
Submitted by bagamati on 8 January 2024
Provice
Type
Success Stories

भौगोलिक हिसावले फलफुल खेती र तरकारी खेतीको लागि उच्च सम्भावना बोकेको धादिङ जिल्ला सदरमुकाम देखी करिव १२ किलोमिरको दुरीमा रहेको ज्वालामूखी गाउँपालिकामा मिति २०७९ साल पुष २० गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वागमती प्रदेश र ज्वालामूखी गाउँपालिका विच भएको द्विपक्षिय सम्झौता अनुसार नवप्रवर्तन साझेदारी कोष अन्तर्गत संचालन भएको ज्वालामूखी कृषि प्रवर्धन परियोजनावाट पकेट क्षेत्र निर्धारण गरि व्यवसायिक खेती गर्न फलफुल खेती तर्फ ४००० एभोगार्डो र ४००० कागतीको विरुवा वितरण गरिएकोमा हाल एभोगार्डो र कागतीको विरुवा राम्ररी हुर्कदै छन् भने एभोगार्डो र कागतीको नर्सरी स्थापना गर्न एक उच्च प्रविधियुक्त हाईटेक ग्रिनहाउस निर्माण सम्पन्न भएकोले ज्वालामूखी वासीहरु थप एभोगार्डो र कागती खेती गर्न उत्साहित भएका देखिन्छ । त्यसै गरी तरकारी खेती तर्फ १० वटा हाईटेक ग्रिनहाउस निर्माण भै उक्त ग्रिन हाउसवाट कृषकहरुले मनग्य मात्रामा गोलभेडा, काउली, बन्दागोवी आदी तरकारी उत्पादन गरी विक्रि गरेका छन् ।