Skip to main content
Body

प्रादेशिक निर्देशक समितिको बैठक, कोशी प्रदेश

मितिः २०८२/०२/२७

बैठक संख्याः १

समयः दिनको ११ बजे

स्थानः मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयको सभा कक्ष, विराटनगर

बैठकको अध्यक्षताः माननीय श्री हिक्मतकुमार कार्की

छलफलका विषयहरुः

१. आ.व. २०८१/०८२ को हाल सम्मको प्रगति सम्बन्धमा।

२. आगामी आ.व. २०८२/०८३ को वार्षिक रणनैतिक कार्यक्रम कार्यान्वयन योजना (Annual Strategic Implementation Plan) स्वीकृति सम्बन्धमा ।

३. प्रादेशिक प्राविधिक सहयोग समिति (PTAC) गठन सम्बन्धमा ।

४. नवप्रवर्तन साझेदारी कोष अन्तर्गत प्राविधिक मूल्याङ्कन समितिको प्रतिवेदन बमोजिमको प्रस्ताव स्वीकृत गर्ने सम्बन्धमा ।

५. विविध

प्रादेशिक निर्देशक समितिको बैठकका निर्णयहरू:

१. प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम (PLGSP) को आ.व. २०८१/०८२ को हाल सम्मको प्रगति माथि छलफल गरी बाँकी कार्यक्रमहरु समयमै सम्पन्न गर्न निर्देशन दिने निर्णय गरियो।

२. प्रादेशिक कार्यक्रम सहयोग इकाई र प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आगामी आ.व. २०८२/०८३ को वार्षिक रणनैतिक कार्यक्रम कार्यान्वयन योजना स्वीकृत गर्ने निर्णय गरियो।

३. नवप्रवर्तन साझेदारी कोष अन्तर्गत प्राविधिक मूल्याङ्कन समितिको प्रतिवेदन बमोजिमको प्रस्तावित आमचोक गाउँपालिका भोजपुरको "किवी पकेट कार्यक्रम" को कूल लागत रु. २ करोड मध्ये १ करोड A ४० लाख नवप्रवर्तन साझेदारी कोषबाट परियोजना अनुदान उपलब्ध गराउने र ६० लाख गाउँपालिकाले लागत सहभागिता व्यहोर्ने गरी परियोजना स्वीकृत गर्ने निर्णय गरियो।

४. प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम (PLGSP) का लागि प्राविधिक सहयोग र समन्वय गर्ने उद्देश्यले देहाय बमोजिमका सदस्य रहने गरी प्रादेशिक प्राविधिक सहयोग समिति (PTAC) गठन गर्ने निर्णय गरियो।

Display at Home Page
Off
Program Unit
Provice