Skip to main content
Submitted by plgspadmin on 30 July 2025
Provice
Type
Notice

नोटिसको लिङ्कः  https://pcgg.bagamati.gov.np/content/10650/roster/

आवेदन फारामको लिङ्कका लागि यहाँ क्लिक गर्नुहोसः

------------------------------------------------

विज्ञ स्रोत व्यक्ति सूचीकृत गर्ने सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति : २०८२/०४/०६

प्रदेश सुशासन केन्द्र जावलाखेल ललितपुरवाट आर्थिक बर्ष २०८२/८३ को वार्षिक कार्यक्रममा सवालन गरिने विभिन्न प्रकारका तालिम, अध्ययनका लागि निम्नानुसार विषय क्षेत्रहरुमा विज्ञ सेवा आवश्यक पर्ने भएकोले यस केन्द्रले माग गरेको अवस्थामा सेवा प्राप्त गर्ने प्रयोजनका लागि विषयगत विज्ञहरुको सूची तयार गर्ने कार्य भइरहेको छ । यस केन्द्रको विज्ञहरुको सूचीमा नाम समावेश गरेर सेवा दिन ईच्छुक व्यक्तिहरुले निम्नानुसार विज्ञताका क्षेत्रहरुमा आफ्नो संक्षिप्त वैयक्तिक विवरण (Bio Data) सहित निवेदन पेश गर्न हुन सूचना प्रकाशन गरिएको व्यहोरा अनुरोध छ ।

आवश्यक विज्ञताका क्षेत्रहरु

१. संघीय शासन प्रणाली र स्थानीय शासन प्रणाली

२. स्थानीय सरकार संचालन सम्बन्धी नीति, कानुन तथा सार्वजनिक प्रशासन

३. सार्वजनिक खरिद प्रणाली

४. प्रदेश तथा स्थानीय तहमा राजस्व राजस्व व्यवस्थापन

५. प्रदेश तथा स्थानीय तहमा वजेट तथा योजना तर्जूमा प्रकृया तथा मध्यमकालिन खर्च संरचना

८. सुशासन र सार्वजनिक तथा सामाजिक उत्तरदायित्व, गोपनियता, पारदर्शिता र सूचनाको हक सम्बन्धी

९. स्थानीय तहमा सिफारिस तथा पञ्जीकरण एवं घटना दर्ता सम्बन्धी

१०. लैंगिक उत्तरदायी बजेट, लैंगिक समानता तथा सामाजिक समावेशीकरण

११. वातावरण व्यवस्थापन, विपद तथा जोखिम न्यूनीकरण, जलवायु परिवर्तन

१२. शहरी तथा वस्ती विकास, भूउपयोग नीति, भवन आचार संहिता र नक्सा पास प्रणाली एवंम Bio Engineering सम्बन्धी

१३. स्थानीय तहको न्याय प्रणाली, मेलमिलाप र मध्यस्थता

१४. बालमैत्री स्थानीय शासन

१५. नेतृत्व विकास र सशक्तिकरण

१६. स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (LISA), स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याँकन

१७. भौतिक पूर्वाधारसँग सम्बन्धित विषय

१८. स्थानीय तह आर्थिक विकास तथा अन्तर सरकार सम्वन्ध एवं आन्तरिक नियन्त्रण प्रणाली

१९. लेखा परिक्षण र वेरुज व्यवस्थापन

१९, लेखा परिक्षण र बेरुजु व्यवस्थापन

२०, सार्वजनिक सम्पत्ती व्यवस्थापन एवं लिलाम सम्बन्धी

२१. फोहोरमैला व्यवस्थापन एवं पुरातात्विक सम्पदा सम्बन्धी

आवेदकको योग्यता

  • आवेदकले अधिकतम ५ वटा सम्म विषय क्षेत्रमा विज्ञताको दाबी पेश गर्न सक्नेछन् ।
  • आवेदक मान्यता प्राप्त शिक्षण संस्थावाट कम्तीमा स्नातकोत्तर उत्तीर्ण भएको हुनुपर्नेछ ।
  • अध्ययन अनुसन्धान सम्बन्धी सेवाको हकमा न्युनतम ५ वटा कार्य जिम्मेवारी (Assignment) पुरा गरेको हुनुपर्नेछ ।
  • विज्ञ सेवा माग गर्दा सम्बन्धित विषयको कार्य अनुभवलाई आधार मानेर प्राथमिकता तय गरिनेछ ।
  • इच्छुक महानुभावहरुले यो सूचना प्रकाशन भएको मितिले पन्ध्र दिन भित्र आफ्नो विज्ञताको क्षेत्र प्रष्ट खुल्ने गरि निम्नानुसार अनलाईन फाराम भरि आवेदन र आफ्नो वैयक्तिक विवरण (CV) पेश गर्नु हुन अनुरोध छ ।

विनोद बिडारी
उपनिर्देशक