Skip to main content
Body

प्रशिक्षण सामाग्री वारे

स्थानीय विकासको कार्यसँग सम्वन्धित स्थानीय तहहरुको प्रशासनिक एवं व्यवस्थापन सम्वन्धी दक्षता अभिवृद्धि गर्ने उद्देश्यले त्यस्ता निकायहरुमा संलग्न जनप्रतिनिधिहरु एवं कार्यरत कर्मचारीहरुलाई योजनावद्ध तरिकाले उच्चस्तरीय प्रशिक्षणको व्यवस्था गरी स्थानीय स्तरमा ती निकायहरुको संस्थागत विकासमा सघाउ पुर्याउन स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान ऐन २०४९ अन्तरगत वि.सं.२०५० सालमा स्थापना भएको यो एक स्वशासित र संगठित संस्थाको रुपमा रहेको छ । प्रतिष्ठानको मुख्य उद्देश्य प्रशिक्षण स्थानीय विकास कार्यसंग सम्बन्धित स्थानीय तहका व्यक्तिहरुको लागि आवश्यक पर्ने प्रशिक्षणको व्यवस्था गर्ने, प्रशिक्षण केन्द्रद्धारा सञ्चालन गरिने प्रशिक्षण कार्यक्रम सम्बन्धी अनुसन्धान गर्ने र प्रशिक्षण केन्द्रद्धारा सञ्चालन गरिने प्रशिक्षण कार्यक्रमलाई बढी उपयोगी तुल्याउन तथा प्रशिक्षण सामग्री तयार गर्नको लागि समस्यामूलक अनुसन्धान, परामर्श सेवा तथा सूचना सेवा सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्ने रहेको छ ।

यो प्रशिक्षण सामाग्री संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशनमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले तयार पारिएको हो । यस आठ दिने प्रशिक्षण सामाग्रीले भवन निर्माण मापदण्ड तथा भवन संहिता प्रशिक्षणलाई प्रभावकारी वनाउन प्रशिक्षकहरुलाई महत्वपुर्ण मार्गदर्शन हुने अपेक्षा गरिएको छ ।

Display at Home Page
Off
Resource Type
Provice