Skip to main content
Submitted by plgspadmin on 25 July 2022
Provice
Type
Notice

पूर्ण प्रस्ताव आह्वानको सचना (सूचना प्रकाशित मिति : २०७९/०१/०४)

प्रस्तुत विषयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत सञ्चालित प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमतर्फ नव-प्रवर्तन साझेदारी कोष कार्यान्वयन निर्देशिका, २०७८ अनुसार मिति २०७८/११/१० गते र म्याद थप सम्बन्धी २०७८/११/२५ गते प्रकाशित सूचना बमोजिम पेस हुन आएका अवधारणापत्रहरू मध्ये देहायका अवधारणापत्रहरू ग्राह्य भएकोले नव-प्रवर्तन साझेदारी कोष कार्यान्वयन निर्देशिका, २०७० को अनुसूची ३ बमोजिमको ढाँचामा यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र निर्देशिका बमोजिमका कागजात साथै राखी पूर्ण प्रस्ताव मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ, जनकपुरधाम, धनुषा तथा नव-प्रवर्तन साझेदारी कोष प्रणाली, https://ipf.plgsp.gov.np मा समेत पेस गर्नुहुन मधेश प्रदेशका देहायका पालिकाहरुलाई जानकारीका लागि अनुरोध गरिन्छ । विस्तृत जानकारी तथा पूर्ण प्रस्ताव पेस गर्नका लागि ग्राह्य भएका अवधारणा पत्रहरू हर्नका लागि कार्यालयको सूचना पाटी वा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइट https://ocmcm.p2.gov.np/node/446 मा समेत हेर्न सकिनेछ ।

 

मधेश प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

जनकपुरधाम, धनुषा, नेपाल