Skip to main content
Submitted by plgspadmin on 17 July 2022
Provice

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेश तथा स्थानीय शासन कार्यक्रम (PLGSP) को सहजीकरण तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश न. १,  प्रदेश प्रशिक्षण केन्द्र, कलवलगुरी, झापाको आयोजनामा स्थानीय तहका नवनिर्वाचित प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षका लागि मिति २०७९ जेष्ठ २५ र २६ गते आयोजना गरिएको स्थानीय सरकार सञ्चालन सम्बन्धि अभिमुखीकरण कार्यक्रम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश न. १ का श्रीमान प्रमुख सचिव डा. रामप्रसाद घिमिरे ज्यूको अध्यक्षता तथा प्रदेश न.१ का माननिय मुख्यमन्त्री राजेन्द्र कुमार राई ज्यूको प्रमुख आतिथ्यतामा र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका श्रीमान सचिव सुरेश अधिकारी ज्यूको विशेष आतिथ्यतामा कार्यक्रम सफलतापूवक सम्पन्न भएको छ।उक्त कार्यक्रममा अक्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय प्रमुख आयुक्त प्रेम कुमार राई ज्यू तथा महालेखा परीक्षकको कार्यालयका माननीय महालेखा परिक्षक टंकमणि शर्मा ज्यू ले स्थानीय सरकार सञ्चालन सम्बन्धका सवालमा आफ्नो सुझावहरु प्रस्तुत गर्नुभएको थियो।

यस कार्यक्रममा प्रदेश न. १ का  १३७ स्थानीय तह (महानगरपालिकाः१ उपहानगरपालिकाः२ नगरपालिकाः४६ र गाउँपालिकाः ८८)  का २७४ जना नवनिर्वाचित प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत खटिनुभएका विषय विज्ञहरुले सहभागी नवनिर्वाचित जनप्रतिनिधीहरुलाई अनुशिक्षण तथा अन्तरक्रिया गर्नु भएको थियो।

यस कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका श्रीमान सहसचिव वसन्त अधिकारी ज्यू, PLGSP का राष्टि«य कार्यक्रम निर्देशक श्रीमान चिरञ्जिवी तिम्सिना ज्यू, जिल्ला प्रशासन कार्यलयका, मोरङका प्रमुख जिल्ला अधिकारी श्रीमान काशिराज दाहाल ज्यू लगायत नेपाल सरकारका अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो।